• २५ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पानीको सेवामा समर्पित धर्मेन्द्र श्रेष्ठको पुनः सचिवमा दोहोरिने चाहना




दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको वैशाख २६ गते हुने निर्वाचन नजिकिँदै जाँदा सचिव पदका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ उपभोक्ताको चर्चामा आएका छन् । संस्थाभित्र लामो समयदेखि आबद्ध रहँदै बबई लिफ्टिङ खानेपानी आयोजना जस्तो महहत्वपूर्ण परियोजना सफलतापूर्वक सम्पन्न गराई घोराहीवासीको घरघरमा पानी पु¥याउन सफल श्रेष्ठलाई पुनः सचिव पदमा देख्न चाहने उपभोक्ताको संख्या उल्लेखनीय रहेको छ ।

२०७३ सालमा साधारण सदस्यका रूपमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा प्रवेश गरेका श्रेष्ठले दुई कार्यकाल सदस्य र एक कार्यकाल सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । संस्थाभित्रको प्रशासनिक अनुभव, उपभोक्ताका गुनासा सुन्ने शैली तथा समस्या समाधानका लागि फिल्डमै खट्नेलगायतका सकारात्मक पक्षले गर्दा श्रेष्ठ अन्य उम्मेदवारभन्दा अव्वल देखिएका छन् ।

‘खानेपानीजस्तो संवेदनशील सेवाको सचिव पद केवल प्रशासनिक दायित्वमा सीमित हुँदैन । सेवा प्रवाहको व्यवस्थापन, उपभोक्ता र संस्थाबीचको समन्वय तथा योजनाको प्रभावकारी कार्यान्वयनमा सचिवको भूमिका निर्णायक हुन्छ’,चुनावी दौडमा रहेका श्रेष्ठ भन्छन,‘यही तथ्यलाई आधार मानेर आफ्नो अनुभवलाई पुनः सस्था र घोराहीवासी नागरिकलाई दिर्घकालिन रुपमा पर्न सक्ने पानीको समस्या समाधानका लागि उम्मेदवार बनेको छु ।’

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लामो समय नेतृत्व गरेका स्वर्गीय देवीबहादुर डिसीको नेतृत्वको कार्यसमितिमा रहेर खानेपानी संस्थाको सवलीकरणका लागि कार्यकालमा चुहावट नियन्त्रण, मिटर व्यवस्थापनमा सुधार, कार्यालयलाई डिजिटल प्रणालीतर्फ उन्मुख गराउने प्रयास तथा उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्नेलगायतका कार्यहरु निरन्तर लाग्दै आएका छन् ।
स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै बोरिङ, सम्पवेल, रफिङ फिल्टर तथा विभिन्न संरचनागत सुधारका कार्य अघि बढाइएका थिए। गुलरियाना क्षेत्रमा नयाँ बोरिङ, ट्यांकी निर्माण र पाइपलाइन विस्तारका कार्यले खानेपानी सेवाको दायरा फराकिलो बन्न सहयोग पुगेको बताइएको छ ।

आगामी कार्यकालमा श्रेष्ठले २४ घण्टा नियमित पानी वितरण, गुणस्तरीय तथा सुरक्षित खानेपानी आपूर्ति, डिजिटल सेवा प्रणालीको विस्तार, नयाँ स्रोतको खोजी तथा आकस्मिक समस्या समाधानका लागि द्रुत प्रतिक्रिया टोली गठनलाई प्राथमिकतामा राख्ने बताएका छन्। साथै २०–२५ वर्षसम्म निरन्तर पानी आपूर्ति सुनिश्चित गर्ने लक्ष्यका साथ लिफ्ट खानेपानी आयोजनाको दीर्घकालीन अवधारणालाई समेत अघि सारिएको छ । त्रिुभवननगर जेसीजलगायतका विभिन्न संघसस्थाको नेतृत्वमा बसिसको श्रेष्ठ युवा पुस्तामाझ पनि लोकप्रिय रहेका छन् ।

खानेपानी संस्थाको नेतृत्वमा परिवर्तनभन्दा सेवाको गुणस्तर र निरन्तरतालाई बढी महत्त्व दिने उपभोक्ताहरूले अब भाषण होइन, ठोस परिणाम खोजिरहेका छन्। नियमित र सुरक्षित पानी, पारदर्शी सेवा तथा दिगो व्यवस्थापन नै उनीहरूको मूल अपेक्षा हो। यही सन्दर्भमा आगामी निर्वाचन धर्मेन्द्र श्रेष्ठका लागि केवल पद जोगाउने प्रतिस्पर्धा मात्र नभई विगतका कार्यको मूल्यांकन र भविष्यप्रतिको जनविश्वास जित्ने अवसर पनि बनेको छ।

Facebook Comments