• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविता : विचरा ! ऊ सुकुम्वासी रहेछ




बासको अभावमा आत्मदाह गर्न विवश भएछ
एकथरि विद्वान् सुकुम्वासी भन्दै मिडियामा हाँसिरहेछन्
कोही पीडासँगै बागमतीमा जलिरहेछन्
मानवता के हो ? खोजी गर
शान्ति देऊ, अब न सताऊ
बुढा बा-आमा र अबोध बालबालिकालाई मानव भएर
हे मुर्ख हो ! दुःख नदेऊ दानव बनेर,
पशुभन्दा नराम्रो छ, ‘मानव हुँ’ भन्छ फगत
सोझामाथि आफैँले गर्दैछौँ रजाइँ
कस्तो खालको हो यो सुकुम्वासीमाथि सजाय ?
ए मालिक ! हो
तड्पाएर नछोड उसलाई पीडा हुन्छ
बरु गोली हानी मारेकै ठिक हुन्छ
सत्ता, पैसा, शक्ति सबै बलियाकै हातमा,
कस्तो अचम्म- राक्षसजस्ता मान्छे पनि उनकै साथमा
बिचरा ! ऊ सुकुम्बासी रहेछ…

Facebook Comments