• २० बैशाख २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विशाल थापा दाङ जिल्ला हाप्किडो संघको अध्यक्षमा निर्वाचित




दाङ । दाङ जिल्ला हाप्किडो संघको तेस्रो अधिवेशनबाट विशाल थापा अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार घोराही उपमहानगरपालिका–१५ स्थित तृषा क्याफेमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनको उद्घाटन जिल्ला खेलकुद विकास समिति, दाङका अध्यक्ष विवेक श्रेष्ठले गरेका थिए। उनले खेलकुद क्षेत्रको संस्थागत विकास, खेलाडी उत्पादन तथा स्थानीय स्तरमै खेल गतिविधि विस्तार गर्न संघहरूको भूमिका महत्वपूर्ण हुने बताए।

हाप्किडो जस्ता आत्मरक्षा खेलहरूले युवामा अनुशासन, आत्मविश्वास र क्षमता विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश हाप्किडो संघका उपाध्यक्ष त्रिभुवन वर्तौला तथा घोराही नगर हाप्किडो संघकी अध्यक्ष रुपा बुढा मगर विशेष अतिथिका रूपमा उपस्थित थिए।

उनीहरूले प्रशिक्षक, खेलाडी तथा संघ–संस्थाबीच समन्वय र निरन्तर प्रशिक्षणमार्फत हाप्किडो खेलको विकास गर्नुपर्नेमा जोड दिएका थिए।
अधिवेशनबाट उपाध्यक्षमा बसन्ती बुढा मगर र दिपक रावत, सचिवमा खिम प्रसाद बोहरा तथा कोषाध्यक्षमा शरद पौडेल चयन भएका छन्। सदस्यहरूमा बसन्ता ठेडी मगर, सुजन बिक, बिना बिक, अनिल थापा मगर र दिपक वली निर्वाचित भएका छन्।

नव–निर्वाचित अध्यक्ष थापाले हाप्किडो खेललाई स्थानीय तहदेखि विस्तार गर्दै खेलाडीहरूको क्षमता अभिवृद्धिमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनले सबैको सहकार्यमा संघलाई सक्रिय र सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments