• १८ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जलजला जिप दुर्घटना: ज्यान गुमाउने २० जनाकै सनाखत (नामावलीसहित)




रोल्पा । रोल्पाको जलजलामा हिजो भएको भीषण जिप दुर्घटनामा मृत्यु भएका २० जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा रुकुम पूर्व र दाङका बासिन्दाले ज्यान गुमाएका छन् ।

​मृतकहरूमध्ये सबैभन्दा धेरै रुकुम पूर्व, सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका सदस्यहरू रहेका छन् । दुर्घटनामा सिस्ने–५ का १० जना, भुमे–५ का १ जना, दाङ घोराहीका ७ जना, शान्तिनगरका १ जना र चालकको मृत्यु भएको छ ।
​मृतकहरूको नामावली:
​सिस्ने–५, टाकुरा, रुकुम पूर्व
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत
​भुमे–५, रुकुम पूर्व
११. टेकप्रशाद बस्नेत
​घोराही–१५, रतनपुर, दाङ
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी
​घोराही–१३, दाङ
१९. धनमाया विष्ट
​शान्तिनगर, दाङ (हाल सिस्ने–५)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक
​यस दुर्घटनामा सिस्ने–५ का ३२ वर्षीय समिर कामी भने जिपको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । सामान्य घाइते भएका उनी उपचारपछि घर फर्किएका छन् । दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments