घोराही । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका दाङका भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने संगठनहरूले शुक्रबार घोराहीमा प्रदर्शन पश्चात ज्ञापनपत्र बुझाएका छन् ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष बसन्त नेपाल, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, दलित संगठन दाङका अध्यक्ष शंकर नेपाली, गुठीमोही संगठन दाङका अध्यक्ष प्रभु चौधरीले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवले बुझिदिनुभएको छ।
श्रमिक दिवसमा सरकारी बिदा भएका कारण जिल्ला प्रशासन कार्यालय दाङमा आफूहरूको माग पुर्याइदिन अनुरोध गर्दै भूमिहिन संगठनले पत्रकार प्रियासनलाई ज्ञापनपत्र बुझाएका हुन ।
सो अवसरमा ज्ञापनपत्र बुझ्दै प्रियासनले ज्ञापनपत्रमा रहेको सन्देश सम्बन्धित निकायसम्म पुर्याइदिने प्रतिबद्धता जाहेर गर्नुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
