दाङ । जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न २१ दिने सूचना जारी गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १६ मा पर्ने सरकारी जग्गामा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन प्रशासनले निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आज एक सूचना जारी गर्दै तोकिएको २१ दिनभित्र संरचना नहटाए प्रशासन आफैँले हटाउने चेतावनी दिनुभएको छ। तर, सो क्षेत्रमा बसोबास गर्नेमध्ये वास्तविक भूमिहीन र सुकुम्बासीहरूका लागि भने प्रशासनले केही राहतको बाटो खुल्ला राखेको छ।
अन्यत्र व्यवस्थापनका लागि वास्तविक सुकुम्बासीले आगामी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। सरकारी जग्गा संरक्षणका लागि यो कदम चालिएको प्रशासनको भनाइ छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
