• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानद्वारा बास्तबिक सुकुम्बासीलाई ब्यवस्थापन गर्न पहल सुरु




घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो अतिक्रमीत जग्गा खाली गराउनका निमित्त बास्तबिक सुकुम्बासीलाई ब्यवस्थापन गर्न पहलसहित सम्झौता गरेको छ ।

प्रतिष्ठानका सिनेट सदस्य तथा नवलपुर बहुउद्देश्यीय सरोकार समिति एवं अध्यक्ष, अम्बापुर जग्गा एकीकरण आयोजना बलिभद्र राना र प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल बिच सम्झौता आदानप्रदान भएको हो । नवलपुर बहुउद्देश्यीय सरोकार समितिकै पहलमा यसअघि नवलपुरको जग्गा प्रतिष्ठान मातहत ल्याउन पहल भइरहेको छ ।

बुधबार भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच पूरक सम्झौतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कटुवा खोलाबीच रहेको प्रतिष्ठानको जग्गामा रहेको करिब १५० घरधुरीको बसोबासमा रहेका वास्तविक भूमिहीन सुकुम्बासी पहिचान गरी निजहरुलाई व्यवस्थित बसोबास गराउन नवलपुर बहुउद्देश्यीय सरोकार समितिले अम्बापुर जग्गा एकीकरण आयोजना मातहतको जग्गा मध्यबाट प्रत्येक घरधुरीलाई ५–५ धुरको दरले घडेरी उपलब्ध गराउने र भूमिहीनलाई जग्गा दिएको स्थानमा बाटो, बिजुली, खानेपानी लगायतको सुविधा व्यवस्थित गर्न घोराही उपमहानगरपालिका, प्रदेश सरकार र संघ सरकारसँग नवलपुर बहुउद्देश्यीय सरोकार समितिले पहल गर्ने उल्लेख गरिएको छ ।

Facebook Comments