दाङ। बैशाख तेश्रो साता दाङ देउखुरीको लमहीमा हुने १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ ।
अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका वडा नं. ५ लमही स्थित अजम्मरी सामुदायिक वनकाे आयाेजना तथा प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा यहि बैशाख १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो ।
उत्सवलाई सहभागीपूर्ण बनाउनका लागि हाल विभिन्न विद्यालयसँगको सहकार्यमा विद्यार्थीबाट लाटोकोसेरो तथा हुचिल संरक्षण सम्बन्धी चित्रकला, कबिता, निबन्ध संकलन, निमन्त्रणा लगायतका काम भइरहेको आयोजकले जनाएको छ । उत्सव जैविक विविधता ग्रिनपार्कमा हुदैछ ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

