• ८ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वर्ल्डलिंकको ‘बिट द स्पिड सिजन ३’ घोराहीमा हुने




दाङ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पिड सिजन ३’ घोराहीमा आयोजना गर्ने भएको छ।

तीव्र गतिका बलरहरू पहिचान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियान आगामी वैशाख १५ गते बेलुका ४ बजेदेखि घोराही क्रिकेट ग्राउन्डमा आयोजना हुने आयोजकले जनाएको छ।

कम्पनीले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलरहरूको पहिचान र प्रोत्साहन गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गर्दै आएको हो। यस अभियानमार्फत उनीहरूलाई केवल पहिचान मात्र नभई व्यावसायिक क्रिकेटतर्फको यात्रा सुरु गर्ने वास्तविक अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ।

विगतका सिजनहरूमा पनि देशभरका धेरै युवा खेलाडीहरूले यस अभियानमार्फत आफ्नो प्रतिभा देखाउने अवसर पाएका थिए। सिजन ३ मा पनि नयाँ प्रतिभाहरू खोजी गर्ने र उनीहरूलाई थप प्रशिक्षण तथा अवसरतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले आफ्नो बलिङ क्षमता प्रत्यक्ष रूपमा प्रदर्शन गर्ने अवसर पाउनेछन्, जसका आधारमा उत्कृष्ट प्रतिभाहरू छनोट गरिनेछ।

Facebook Comments