• ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मानव सेवा आश्रममा सहयोग गर्दै नेपाल विद्यार्थी संघ दाङले मनायो स्थापना दिवस




दाङ । नेपाल विद्यार्थी संघ को ५७औँ स्थापना दिवसका अवसरमा नेपाल विद्यार्थी संघ दाङ ले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अर्थपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। स्थापना दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी समाजसेवामूलक गतिविधिसँग जोड्ने उद्देश्यले सहयोग वितरण गरिएको संघले जनाएको छ।

यसैक्रममा घोराही–१० नारायणपुरमा अवस्थित मानव सेवा आश्रम मा आवश्यक सामग्री वितरण गरिएको हो। कार्यक्रममा नगद आठ हजार आठ सय अस्सी रुपैयाँ, खाद्यान्न तीन हजार नौ सय रुपैयाँ बराबरको सामग्री तथा सरसफाइका सामग्री दुई हजार तीन सय अस्सी रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको दाङ जिल्लाका कार्यबाहक अध्यक्ष गुरु प्रसाद गौतमले जानकारी दिएका छन्। उनले स्थापना दिवसलाई मानवीय सेवासँग जोडेर समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको उल्लेख गरे।

कार्यक्रम कार्यबाहक अध्यक्ष गुरु प्रसाद गौतमको अध्यक्षतामा तथा केन्द्रिय सदस्य निरज गिरी प्रमुख अतिथि रहेका थिए भने लुम्बिनी प्रदेशका अध्यक्ष कुलराज पोख्रेल विशिष्ट अतिथिमा भएको थियो ।

उनीहरूले स्थापना दिवस जस्तो महत्वपूर्ण अवसरलाई सामाजिक सेवासँग जोड्नु सकारात्मक कदम भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा अतिथिका रूपमा दिपेश डिसी, मनोज डाँगी, आसिस पन्थी, बसन्त कडेल, जीवन अधिकारी र गणेश बिक लगायतको उपस्थिति रहेको थियो।

नेपाल विद्यार्थी संघले स्थापना दिवसका अवसरमा गरिएको यो सहयोग कार्यक्रमले सामाजिक एकता, सहयोग र मानवीय मूल्यको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। संघले आगामी दिनहरूमा पनि यस्ता समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments