• ६ बैशाख २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती मोडर्न एकेडेमीमा एक्टिभिटी बेसमा पठनपाठन सञ्चालन हुने




घोराही। घोराही उपमहानगरपालिका–१६ स्थित राप्ती मोडर्न एकेडेमीले एक्टिभिटी बेस (क्रियाकलापमा आधारित) पठनपाठन सञ्चालन गर्ने भएको छ। विद्यालयले नयाँ शैक्षिक सत्र २०८३ देखि लागू हुने गरी उक्त प्रणाली कार्यान्वयनमा ल्याउने जनाएको छ।

विद्यालयले विद्यार्थीहरूलाई शिक्षामा सिर्जनात्मक तथा रचनात्मक बनाउने मुख्य उद्देश्यसहित क्रियाकलापमा आधारित ‘थिम बेस’ पाठ्यक्रम लागू गर्न लागेको विद्यालय व्यवस्थापन प्रमुख रेशम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयको शैक्षिक उन्नति र प्रगतिको साथै विद्यार्थीहरूको चौतर्फी विकासका लागि नयाँ शैक्षिक सत्रदेखि एक्टिभिटी बेस शिक्षण–सिकाइ अवधारणा अगाडि बढाइएको हो।

उहाँले प्रि–स्कूल तहमा क्रियाकलापमा आधारित ‘थिम बेस’ पाठ्यक्रम सञ्चालन गरिने र कक्षा १ देखि १० सम्म एक्टिभिटी बेसमा पढाइ सुरु गरिने बताउनुभयो।

एक्टिभिटी बेस इन्स्ट्रक्सन नेपाल (एबिआइ) का प्रशिक्षक ढुण्दीराज गिरीले शिक्षामा खोज तथा अनुसन्धान नभएसम्म समाज सुहाउँदो शिक्षा सम्भव नहुने बताउनुभयो। उहाँले बालबालिकालाई खेल्दै–सिक्दै गर्ने विधिबाट शिक्षण सिकाइ गरिनुपर्नेमा जोड दिनुभयो। विद्यालयमा क्रियाकलापमा आधारित शिक्षण विधि लागू गर्न सकेमा विद्यार्थीको शिक्षा उत्कृष्ट हुने र भविष्य उज्ज्वल हुने उहाँको भनाइ थियो।

उहाँका अनुसार यस्तो शिक्षण विधिले विद्यार्थीको सिकाइलाई गुणस्तरीय र व्यवहारिक बनाउने मात्र नभई समग्र विद्यालयको शैक्षिक उन्नति र प्रगतिमा महत्वपूर्ण भूमिका खेल्नेछ।
अहिलेको अवस्थामा सिकाइ कक्षाकोठामा मात्र सीमित नराखी बाह्य क्रियाकलापसँग पनि जोड्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। बालबालिकाको समग्र विकासका लागि शिक्षालाई सिर्जनात्मक, रचनात्मक तथा अनुसन्धानमुखी बनाउनुपर्नेमा उहाँको जोड थियो।

नयाँ शैक्षिक सत्रदेखि एक्टिभिटी बेस पढाइ सुरु हुने भएपछि विद्यालयले शिक्षक–शिक्षिकाको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरू सञ्चालन गरिरहेको विद्यालय प्रशासनले जनाएको छ। शिक्षण–सिकाइ विधिलाई थप व्यवस्थित, प्रभावकारी र उत्कृष्ट बनाउन बिदाको समयमा समेत शिक्षकहरूलाई सहभागी गराई तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ।

विद्यालयले यसअघि पनि शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन प्रोजेक्टमार्फत पठनपाठन गर्दै आइरहेको थियो।

Facebook Comments