• ३० चैत्र २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती मोर्डन एकेडेमी र वुद्ध हस्पिटलबीच एमओयू पत्रमा हस्ताक्षर




घोराही । घोराही उपमहानगरपालिका -१६ स्थित राप्ती मोर्डन एकेडेमी र घोराही -१५ मा रहेको वुद्ध इन्टरनेशनल हस्पिटलबीच एमओयू समझदारी पत्रमा हस्ताक्षर भएको छ । विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आज सोमबार विद्यालयको प्रांगणमा एकेडेमी र अस्पतालबीचमा एमओयू समझदारी पत्रमा हस्ताक्षर भएको भएको हो ।

विद्यालयका निर्देशक डा. भीमसेन गिरी र वुद्ध इन्टरनेशनल हस्पिटलका सिइओ किशोर कुमार आचार्यले संयुक्त रुपमा एमओयू समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात् बोल्दै अस्पतालका सिइओ आचार्यले सहकार्य पत्रमा हस्ताक्षर गर्न पाउदा खुशीको भाव प्रकट गर्दै यो दुई पक्षीय समझदारीले आपसी सम्बन्ध अझै प्रगाढ हुने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य एक आपसका परिपूरक भएको कुरामा जोडदिँदै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरुले अस्पतालबाट प्रदान हुने गुणस्तरीय स्वास्थ्य सेवाहरुमा सहुलियत पाउने बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा पनि जोडिएको र आगामी दिनमा विद्यालयसँग थप सहकार्य गर्दै समाजिक रुपमै थप शिक्षामा सहकार्य गर्ने उहाँको भनाइ थियो ।

सिइओ आचार्यले निजी क्षेत्रबाट सञ्चालित यस हस्पिटलले जिल्लामा विशेष पहिचान बनाएको बताउनुभयो । उहाँले सेवाग्राही तथा बिरामीलाई नै पहिलो प्राथमिकता राखेर विशेषज्ञ डाक्टरसहित गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रवाह भइरहेको जानकारी दिनुभयो । साथै, उहाँले राप्ती मोडर्न एकेडेमीसँग भएको सम्झौताअनुसार उपचारका लागि यस विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीको आइडी कार्डलाई मान्यता दिइने बताउनुभयो । विद्यार्थीका अभिभावकहरुलाई भने विद्यालयको सिफारिसको आधारमा उपचारमा सहुलियत पाउनेछन् । दुबै पक्षको समझदारीअनुसार अस्पतालबाट प्रबाह हुने विभिन्न स्वास्थ्य सेवाहरुमा विद्यायका परिवारले विशेष सहुलियत प्राप्त गर्नेछन् ।

विद्यालय व्यवस्थाक प्रमुख रेशम गिरीले अस्पताल र यस विद्यालयबीच एमओयू समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिँदै यो पहिलो समझदारी भएको बताउनुभयो । उहाँले यो समझदारीले यस विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा थप सहुलियत हुने कुरामा जोड दिनुभयो । साथै, उहाँले स्वास्थ्य उपचारमा थप सहुलियतका लागि सहकार्य गर्ने अस्पतालका सिइओ र अस्पताल परिवारलाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका काउन्सिलर दुर्गा प्रसाद शर्मा गर्नुभएको थियो ।

Facebook Comments