घोराही, ३० चैत। गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल, घोराहीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि एक कार्यक्रम गरि बिदाइ गरिएको छ।
विद्यालयको कक्षा १२ का विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै औपचारिक कार्यक्रमका साथ बिदाइ गरिएको हो। वैशाख १४ देखि कक्षा १२ को परीक्षा हुँदैछ।

विद्यालयका प्रिन्सिपल मानसिंह घर्ती मगरको अध्यक्षता तथा गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले विद्यार्थीहरूलाई अनुशासित र लगनशील भएर अगाडि बढ्न सुझाव दिँदै प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
कार्यक्रममा गोरखा ग्रुपका एच.आर. डाइरेक्टर उत्तमराज घिमिरे, व्यवस्थापन समूहका संयोजक एम.बि. के.सी., विज्ञान समूहका संयोजक स्वतन्त्र हमाल र भिक्टोरिया कलेजका होटल म्यानेजमेन्ट संयोजक सुबोध आचार्यले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिनुभएको थियो। व्यवस्थापन समूहदिवाकालीन सत्र प्रमुख शंकर धितालले स्वागत गर्नुभएको थियो।

सो अवसरमा विद्यार्थीहरू खम्बु डाँगी र बबिता थापाले विद्यालयमा बिताएका पलहरूको स्मरण गर्दै मन्तव्य राख्नुभएको थियो। कार्यक्रमलाई रोचक बनाउन विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरेका थिए।
बिदाइ भई जाने विद्यार्थीहरूलाई अबिर, टीका, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष एवं प्रिन्सिपल मानसिंह घर्तीले विद्यार्थीहरू जहाँ पुगे पनि आफ्नो विद्यालय र गुरुहरूको सम्मान राख्न प्रेरित गर्नुभयो। कार्यक्रमको सन्चालन शिक्षक एचएन पाण्डेले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

