• २९ चैत्र २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवामा कुकुर बन्ध्याकरण तथा एन्टी–रेबिज खोप अभियान सुरु हुँदै




आलोक भावुक
दाङ। दाङ देउखुरीको गढवा गाउँपालिकाले घरपालुवा तथा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा एन्टी रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाभर वैशाख २, ३ र ४ गते अभियान तीव्र गतिमा सञ्चालन गरिने तयारी गरिएको छ।
गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीका अनुसार कुकुरको संख्या व्यवस्थापन तथा रेबिजजस्तो घातक रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्न लागिएको हो। “घरपालुवा र सामुदायिक कुकुर दुवैलाई लक्षित गरेर बन्ध्याकरण र एन्टी–रेबिज खोप अभियान सञ्चालन गर्न लागिएको हो, यसले दीर्घकालीन रूपमा स्वास्थ्य तथा वातावरणीय सुधारमा सहयोग पुर्‍याउनेछ,” उहांले भन्नुभयो।

यसैबीच, ‘वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा रूपन्देही ’ संस्थाले गढवा गाउँपालिकासँग कुकुरहरूको बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ। उक्त सहकार्यबाट अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अभियानलाई जनस्वास्थ्य र वातावरणीय सन्तुलनसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिँदै सबै नागरिकलाई सहयोग गर्न आग्रह गर्नु भएको छ। “कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण आजको आवश्यकता हो। यस अभियानले समुदायलाई सुरक्षित बनाउने मात्र होइन, मानवीय तरिकाले जनावर व्यवस्थापन गर्ने सन्देश पनि दिन्छ,” अध्यक्ष पोख्रेलले भन्नुभयो।

अध्यक्ष पोख्रेलले अभियान सफल बनाउन स्थानीय बासिन्दा, टोल विकास संस्था तथा सरोकारवालाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको समेत उल्लेख गर्नु भयो।

Facebook Comments