NASA को बहुप्रतीक्षित Artemis II मिसन सफलतापूर्वक सम्पन्न भएको छ। चन्द्रमाको वरिपरि ऐतिहासिक उडान भरेर फर्किएको अन्तरिक्षयान सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएसँगै मानव अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय थपिएको छ।

अप्रिल १ मा Cape Canaveral बाट प्रस्थान गरेको Orion अन्तरिक्षयान अप्रिल १० मा क्यालिफोर्नियाको तट नजिकै प्रशान्त महासागरमा अवतरण भएको हो। मिशन कमाण्डर Reid Wiseman सहित Victor Glover, Christina Koch र क्यानडाका Jeremy Hansen सुरक्षित रहेको पुष्टि गरिएको छ।
यो मिसनले मानवलाई पृथ्वीबाट करिब ४०६,७७१ किलोमिटर टाढासम्म पुर्याउँदै Apollo 13 को पुरानो दूरी रेकर्ड तोडेको छ। सन् १९७२ पछि पहिलोपटक मानिसहरू चन्द्रमाको वरिपरि पुगेका हुन्।

मिसनको मुख्य उद्देश्य भविष्यका चन्द्र अभियानहरूको परीक्षण गर्नु भए पनि यस क्रममा महत्वपूर्ण वैज्ञानिक अध्ययनहरू पनि गरिएको थियो। अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहमा विभिन्न रंगहरूको अवलोकन गरेका छन्, जसले यसको संरचना र इतिहास बुझ्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

मिसनका क्रममा अन्तरिक्ष यात्रीहरूले दुर्लभ सूर्यग्रहण अवलोकन गर्नुका साथै चन्द्रमामा उल्का ठोक्किँदा देखिने प्रकाश (impact flashes) समेत देखेका थिए, जसले भविष्यका मिशनहरूको सुरक्षासम्बन्धी अध्ययनमा योगदान दिनेछ।
अब Artemis III र Artemis IV मार्फत चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको लक्ष्य पूरा गर्ने तयारी भइरहेको नासाले जनाएको छ।
मानव जातिको अन्तरिक्ष यात्रामा Artemis II मिसनलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले चन्द्रमामा स्थायी बसोबासको सम्भावनालाई थप बलियो बनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
