• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एशिएन वर्ल्ड स्कूलको प्रिन्सिपलमा शान्तिदेवी हमाल नियुक्त




घोराही । घोराही उपमहानगरपालिका -१५ स्थित  एशिएन वर्ल्ड स्कूलको प्रिन्सिपल शान्तिदेवी हमाल नियुक्त हुनुभएको छ । उहाँ तीन वर्षका  लागि विद्यालयको प्रिन्सिपलमा नियुक्त हुनुभएको हो  ।  स्कूलले सोमबार घोराहीस्थित होटल पौवामा पत्रकार सम्मेलनमार्फत विद्यालयको बोर्ड अफ डाइरेक्टर, प्रिन्सिपल, भाइस प्रिन्सिपल लगायतको  नियुक्त गरेको जानकारी गराएको थियो । विद्यालयको समग्र शैक्षिक उन्नत र विकासका लागि विद्यालयका बोर्ड अफ डाइरेक्टरमा डा. प्रकाश सुवेदी, शिशिर सुवेदी, डा. नवीन बोहरा क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा गेहेन्द्र बहादुर बस्नेत, विद्यालयको सिइओ चन्द्रप्रकाश खनाल , प्रिन्सिपलमा शान्तिदेवी हमाल र भाइस प्रिन्सिपलमा कुलबहादुर केसी नियुक्त हुनुभएको छ । मन्टेश्वरी कोर्डिनेटरमा पुन: लक्ष्मी चौधरी नियुक्त हुनुभएको छ, भने विद्यालयको शैक्षिक सल्लाहकारमा डा.  सुरेश गौतम नियुक्त हुनुभएको छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र बस्नेतको अध्यक्षता एवं  घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख चौधरीले विद्यालयको आगामी शैक्षिक उन्नत र प्रगतिको बारेमा शुभकामना व्यक्त गर्दै संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले  बालबालिकाहरुमा संस्कारसहित शिक्षा प्रदान गर्नका लागि विद्यालय र अभिभाव दुबैपक्ष जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिनुभयो । शिक्षा गुणस्तरीय र व्यवहारिक बनाउनका लागि सामुदायिक र संस्थागत विद्यालयहरुलाई घोराही उपमहानगरले निगरानी गरिरहेको समेत उहाँको भनाइ थियो ।

विद्यालय सिइओ चन्द्रप्रकाश खनालले विद्यालयको आगामी पञ्चवर्षीय योजनाको बारेमा जानकारी दिँदै छोटो समयमै भिएन स्कूल एण्ड कलेजको शैक्षिक सुधार हुँदै गएको बताउनुभयो । उहाँले विद्यालयको समग्र शैक्षिक सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाकासाथ अगाडि बढेको जानकारी दिनुभयो ।  सूचना प्रविधिको विकाससँगै विद्यालयमा स्मार्ट बोर्डको प्रयोग, विद्यार्थीको क्षमताको आधारित पठनपाठन,  प्रोजेक्ट वर्क, भौतिक विकास लगायतका योजनालाई अगाडि बढाइएको उहाँले बताउनुभयो । विद्यालयलाई विभिन्न आइएसओ विभिन्न सूचक प्राप्त गर्दै विद्यालयको नाम  एशिएन वर्ल्ड स्कूल बनाइएको समेत उहाँले जानकारी दिनुभएको थियो ।

नवनियुक्त  प्रिन्सिपल शान्तिदेवी हमालले विद्यालयको समग्र शैक्षिक गतिविधिहरुको बारेमा जानकारी दिँदै  विद्यालयको स्थापना कालदेखि नै गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षा विशेष जोड दिँदै आएको बताउनुभयो । उहाँले विद्यालयको
आगामी शैक्षिकसत्रदेखि  एबाकस सिकाइ विधिको प्रयोग हुने बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार  महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघका पूर्व अध्यक्षद्वय डा. सुदीप गौतम र दुर्गालाल  केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको  थियो ।

स्कूलका बोर्ड अफ डाइरेक्टर डा. प्रकाश सुवेदीले विद्यालयको योजनाको बारेमा जानकारी दिनुभएको थियो भने  स्कूलका बोर्ड अफ डाइरेक्टर शिशिर सुवेदीले विद्यालयको उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो ।

मन्टेश्वरी कोर्डिनेटर लक्ष्मी चौधरीको स्वागत स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन विद्यालयका निर्देश वसन्त प्रसाद रिजालले गर्नुभएको थियो ।

Facebook Comments