• १ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता




काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र कर्णाली प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूबीच कर्णालीको समग्र विकास र आगामी बजेटका प्राथमिकताका विषयमा सिंहदरबारमा विशेष छलफल भएको छ।

प्रधानमन्त्री शाहको निमन्त्रणामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका सांसदहरूले कर्णालीका आधारभूत र रणनीतिक महत्त्वका योजनाहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

​भेटघाटका क्रममा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न माग गरेका छन्। विशेषगरी कर्णाली, भेरी र राप्ती करिडोरका साथै मध्य पहाडी, मदन भण्डारी र लुम्बिनी–रारा जस्ता महत्वपूर्ण लोकमार्ग तथा सडक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
​छलफलमा जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन र आसन्न मनसुनका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।

यसैगरी दैलेखमा जारी पेट्रोलियम पदार्थको अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन, स्वास्थ्य बीमा, मातृ–शिशु पोषण, सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ र कृषि क्षेत्रका समस्याहरूलाई समाधान गर्न बजेटमा न्यायोचित सम्बोधन हुनुपर्ने माग राखिएको छ।
​जवाफमा प्रधानमन्त्री शाहले कर्णालीको विकास र शासकीय सुधारका लागि सरकार गम्भीर रहेको बताउनुभयो।

उहाँले आगामी बजेटमा कर्णालीका आवश्यकताहरूलाई न्यायोचित ढङ्गले सम्बोधन गर्ने र रोकिएका विकासका कामहरूलाई शीघ्र अगाडि बढाउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले यस वर्ष शासकीय सुधारमा विशेष ध्यान दिने समेत सांसदहरूलाई आश्वस्त पार्नुभएको सल्यानका सांसद रमेश मल्लले जानकारी हुनुभयो।

Facebook Comments