• १० चैत्र २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हेल्लो स्टुडेन्ट कन्सल्टेन्सीद्वारा जापान जान लागेका विद्यार्थीहरूलाई भव्य बिदाइ




दाङ। घोराहीस्थित हेल्लो स्टुडेन्ट कन्सल्टेन्सीले २०२६ अप्रिल इन्टेकका लागि सिओइ  प्राप्त गरेका विद्यार्थीहरूलाई सोमबार एक विशेष तथा भव्य कार्यक्रमका बीच बिदाइ गरेको छ। विदेश अध्ययनका लागि जापान प्रस्थान गर्न लागेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रम उत्साहजनक तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको थियो।

 

कार्यक्रमको अध्यक्षता घोराही शाखा प्रमुख बलबहादुर पौडेलले गर्नुभएको थियो भने केन्द्रीय कार्यालयका प्रमुख इन्द्र सिलवाल  प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, संस्थापक सञ्चालक सन्तोष बाराकोटी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा हिमाल महरा, हेमन्त भण्डारी, पुरन सोती मगरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै खादा ओढाएर सम्मानपूर्वक बिदाइ गरिएको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफल यात्राको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमलाई थप रोचक र जीवन्त बनाउन विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति अन्तर्गत नृत्य प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा सहभागी सबैको ध्यान आकर्षित गरेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इन्द्र प्रसाद सिलवालले जापान नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षा तथा करियर विकासका दृष्टिले एक उत्कृष्ट गन्तव्य भएको बताउनुभयो। उहाँले जापानको अनुशासन, समय व्यवस्थापन, तथा नियम-कानुनप्रतिको कडाइबारे जानकारी दिँदै ती पक्षहरूलाई आत्मसात गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। “जापान एक कानुनी राज्य हो, त्यहाँका नियम उल्लंघन गरेमा विद्यार्थीहरूलाई अस्वीकार गरी स्वदेश फर्काउने अवस्था समेत आउन सक्छ,” उहाँले चेतावनी दिँदै भन्नुभयो, “त्यसैले अवसरलाई सदुपयोग गर्दै जिम्मेवार ढंगले अघि बढ्न आवश्यक छ।”

विशिष्ट अतिथि सन्तोष बाराकोटी जापान पुगेपछि प्रारम्भिक चरणमा विभिन्न चुनौतीहरू सामना गर्नुपर्ने भए पनि धैर्यता, मेहनत र सकारात्मक सोचका साथ अघि बढेमा सफलता निश्चित हुने धारणा व्यक्त गर्नुभयो। उहाँले हेलो स्टुडेन्ट कन्सल्टेन्सीले विद्यार्थीहरूको शैक्षिक यात्रामा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

 

कार्यक्रमका अध्यक्ष बलबहादुर पौडेलले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई अनुशासन, इमान्दारिता र मेहनतलाई जीवनको मूल मन्त्रका रूपमा आत्मसात गर्न सुझाव दिनुभयो। उहाँले अध्ययनसँगै व्यवहारिक सीप सिकेर भविष्य निर्माण गर्न जोड दिँदै जापानमा हासिल गरिएको ज्ञान र सीपलाई देश विकासमा प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो।

 

कन्सल्टेन्सीले सिओइ प्राप्त नभएसम्म विद्यार्थीहरूबाट कुनै पनि शुल्क नलिने गरेको समेत जानकारी गराइएको थियो ।

 

कार्यक्रमको सुरुवात घोराही शाखाका व्यवस्थापक नवीन पौडेलले स्वागत मन्तव्यसहित गर्नुभएको थियो भने सहजीकरण जंगबहादुर रेउलेले गर्नुभएको थियो। समग्रमा कार्यक्रम सौहार्दपूर्ण, प्रेरणादायी तथा उपलब्धिमूलक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Facebook Comments