• ८ चैत्र २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कांग्रेसमा खड्काः कोइराला समूहको बैठक, केन्द्रीय समिती बोलाउने




दाङ । नेपाली कांग्रेसमा समानान्तर गतिविधि हुने देखिएको छ।

पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षका नेताहरूले समानान्तर गतिविधि गर्न लागेका छन्।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहँदा आज बिहान नेता खड्का-कोइराला समूहको बैठक बसेको हो।

निवर्तमान सभापति शेरबहादुर देउवा भने हङकङमा छन्।

आज खड्काको अध्यक्षमा बैठक बसेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

‘आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यौं, छिट्टै केन्द्रीय समिति बैठक बोलाउँछौं,’ उनले भने।

उनकाअनुसार एक साताभित्रै केन्द्रीय समिति बैठक बोलाइन्छ।

नेता खड्कालाई बैठक बोलाउने जिम्मेवारी दिइएको छ।

१४ औं महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान गर्ने र चुनावी समीक्षालगायत १५ औं महाधिवेशन लगायत विषयमा छलफल गरिने नेताहरूले जनाएका छन्।

आज बिहान ९ बजे काठमाडौंमा बसेको बैठकमा नेता खड्का, कोइरालासहित तत्कालीन केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरू सहभागी थिए।

गत पुसमा तत्कालीन दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो। थापा सभापति र शर्मा उपसभापति भएका थिए।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो भने त्यसविरूद्ध देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले जम्मा ३८ सिट मात्रै ल्याएपछि कांग्रेसको विवाद पुन सतहमा आएको छ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले पनि पदबाट राजीनामा दिएका छन्।

Facebook Comments