घोराही । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा टिकटक जोन निर्माण गरिएको छ । महोत्सवमा विशेष आकर्षणको रुपमा परम्परा र पहिचान टिकटक जोन निर्माण गरिएको हो । टिकटक जोनमा पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतोलगायत परम्परागत कृषि औजार तथा घरेलु उद्योगका साधन प्रदर्शन गरिएको छ । जसमा टिकटक बनाउनका लागि दर्शकहरुको आकर्षण रहने गरेको छ । जोनमा पुरानो जीवनशैली, संस्कृति र मौलिक पहिचानलाई झल्काउने सामग्रीहरु प्रदर्शनका लागि राखिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा निर्माण गरिएको टिकटक जोनमा भिडियो बनाउनका लागि दर्शकहरुको उत्साहित हुनुहुन्छ ।
टिकटक जोनमा भेटिएकी सनिता चौधरीले परम्परागत रुपमा प्रयोग हुने ढिकी जातो देख्दा खुशी लागेको बताउनुभयो । जसका कारण भिडियो बनाउनका उत्सुक भएको उहाँको भनाई थियो । ‘हाम्रा पुर्खाले प्रयोग गरेका ढिकी जातो देख्न पाउदा खुशी लाग्यो, अनि मैले पनि भिडियो बनाए’, उहाँले भन्नुभयो,‘हामीले यी सामाग्री गाउँमा त देख्न छाडिसक्यौ, बजारका व्यक्तिले झन् के देख्नुहुन्छ होला र ? महोत्सवमा देख्न पाउदा खुशी लाग्यो ।’
यस्तै अर्का दर्शक कैशल पुनले वुवाआमाले कुरा गरेको सुनेको परम्परागत सामाग्री प्रत्यक्ष देख्न पाउदा खुशी लागेको बताउनुभयो । उहाँले यस्ता सामाग्रीले युवाहरुलाई पुराना वस्तुहरुको जानकारी पाउने मौका प्रदान गर्ने बताउनुभयो । ‘यी र यस्ता सामाग्रीसहितको स्टलले महोत्सवलाई नयाँ पनमा लैजान्छ, यस कार्यका लागि आयोजकलाई धेरै धेरै धन्यवाद’,उहाँले भन्नुभयो ।
टिकटक जोनका लागि स्टल राख्नुपर्ने स्थानीयको माग र परम्परागत कला संस्कृतिको संरक्षण गर्नुपर्ने उद्धेश्यका साथमा टिकटक जोनको निर्माण गरिएको महोत्सव आयोजक मूल समितिका संयोजक एवं आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीले जानकारी दिनुभयो । जोनमा भिडियो बनाउनका लागि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो ।
महोत्सवा स्थानीय साना तथा घरेलु उद्योगहरुलाई निशुल्क रुपमा स्टलहरु प्रदान गरिएको छ ।
महोत्सवमा हरेक दिन विशेष कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, कृषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्ष तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन भईरहेको सचिवालय संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका महासचिव सीता मल्लले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
