• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिवशक्ति माविको अध्यक्षमा झाँक्री सर्वसम्मत निर्वाचित




श्रवण कुमार यादव
देउखुरी। भारतसंग सीमा नाका जोडिएको दाङको राजपुर गाउँपालिका वडा नं. ७ भौवानका स्थित अग्रणी सामुदायिक विद्यालयको रुपमा स्थापित शिवशक्ति माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्षमा श्यामबहादुर झाँक्रीखसर्वसम्मत निर्वाचित हुनुभएको छ।

बुधबार विद्यालयमा आयोजित अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति श्यामबहादुर झाँक्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको विद्यालयका प्रधानाध्यापक लिलाधर विकले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष झाँक्री यस अघि तिनपटक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्थ्यो । विद्यालयका अभिभावक समेत रहनुभएका झाँक्रीले सो विद्यालयको अध्यक्षमा आफु सहितको नेतृत्वलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । शिक्षा क्षेत्रमा विभिन्न संस्थामा रहेर नेतृत्व गरेको झाँक्रीले बताउनुभयो । आफैले अध्ययन गरेको विद्यालयको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदा मलाई ज्यादै खुसि लागेको छ, उहाँले भन्नुभयो,–। …बाल्यकाल देखि नै त्यहाँको माटोमा आफु हुर्केको सो विद्यालयको निकट रहेकाले विद्यालयसँग स्थापनाकाल देखिकै सम्बन्ध रहेको छ ।

स्थानिय नाकाबासी समेत रहनुभएका झाँक्रीले आफु बाल्यकाल देखि नै विद्यालयसँग नजिक भएकाले विद्यालयको चौतर्फी अवस्थाका विषयमा समेत जानकार रहेको बताउनुभयो । उहाँले यस अघिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षक अभिभावक, विद्यार्थी सबैलाई विद्यालयलाई अहिलेको अवस्थासम्म ल्याई पु¥याउन सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबैको सहयोग र सद्भावमा विद्यालयको गतिविधिहरुलाई अगाडी बढाउने बताउनुभयो । उहाँले भन्नुभयो,–। ..समयलाई मैले तीन भागमा विभाजन गरेको छु । एक भाग समाजेवाका लागि, एक भाग परिवारका लागि र एक भाग आफ्नो विद्यालयका लागि छुट्टाएको छु ।

आगामी तीन वर्षका लागि झाँक्रीको अध्यक्षतमा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति निवाचित भएको हो । जसको पदेना सदस्यमा वडाअध्यक्ष पुष्कर वली, सदस्य सचिव लिलाधर विक रहनु भएको छ । अन्य सदस्यहरुमा प्रेमबहादुर घर्ती, मिना विक, जिबना घर्ती, चनक लाल चौधरी, दुजी घर्ती, नन्दराम वली -शिक्षक प्रतिनिधि) रहनु भएको छ ।

भेलाबाट बिरबहादुर सार्कीको अध्यक्षतामा ११ सदस्यीय सहित शिक्षक–अभिभावक संघ समेत सर्वसम्मत रुपमा चयन गरेको छ । यस क्षेत्रकै अग्रणी विद्यालयको रुपमा स्थापित यस विद्यालयको आगामी दिनमा पनि नयाँ निर्वाचित टिमले थप उचाईमा पु¥याउनेमा आफु विश्वस्त रहेको प्रधानाध्यापक लिलाधर विकले बताउनुभयो । बाल विकास देखि कक्षा १० सम्म पढाइ हुन्छ ।

Facebook Comments