• १ चैत्र २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
परियार समाजद्वारा बालिका इनिशाको न्यायको माग गर्दै सिडियो कार्यालयमा ज्ञापनपत्र




घोराही । परियार समाज दाङले सुर्खेतकी १६ वर्षीय बालिका इनिशा बिकको सामूहिक बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गरेको छ ।समजाले आइतबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै सुर्खेतमा बालिकामाथि भएको  घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित न्यायसहित क्षतिपूर्ति प्रदान गर्न माग गरेको हो ।

गएको फागुन २३ गते निर्दोष बालिकामाथि सामूहिक बलात्कार पछि हत्या भएको हुँदा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कानुनी सजाय दिएर पीडित परिवारलाई न्यान दिलाउन सिडियो कार्यालयमार्फत गृहमन्त्रालय काठमाडौंलाई ध्यानाकर्षण गराइएको समाजका सचिव सुशील परियार र अध्यक्ष सन्तोष परियारद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको ज्ञापनपत्रमा भनिएको छ ।

उक्त घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानविनगरी दोषीलाई कानून अनुसार कडा कारवाही गर्नुपर्ने, पीडित परिवारलाई उचित न्याय क्षतिपूर्ति तथा आवश्यक सुरक्षा प्रदान गर्नुपर्ने, महिला तथा बालिकामाथि हुने हिंसा रोक्न सबै जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने र यस्ता घटनाको पुनरावृत्ति नहोस् भनि सम्बन्धित निकायबाट विषेश निगरानी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

परियार समाज दाङद्वारा जारी गरिएको ज्ञापनपत्र यस्तो रहेको छ;

Facebook Comments