दाङ । लोकप्रिय कलाकार पल शाह र नारायणी खत्रीको दमदार अभिनय तथा आकर्षक नृत्य रहेको नयाँ गीत ‘राम कसम’ सार्वजनिक भएको छ। पछिल्लो समय दर्शकमाझ अत्यधिक रुचाइएका यी जोडीको ऊर्जा, केमेस्ट्री र आकर्षक डान्सका कारण गीतको भिडियो निकै रोचक बनेको छ। सार्वजनिक भएसँगै भिडियोले दर्शकको ध्यान खिच्न थालेको छ।
गीतमा गायक नरेश खड्का र गायिका बविना किरातीको स्वर सुन्न सकिन्छ। गीतको संगीत आकाश मगरले तयार पारेका हुन्। मगरका अनुसार गीतको साउन्ड क्वालिटी उत्कृष्ट बनाउन अडियोसँग सम्बन्धित केही प्राविधिक काम साउथ इन्डियामा गरिएको हो। गीतको रिदम र साउन्ड अझ राम्रो बनाउने उद्देश्यले त्यहाँ मिक्सिङ तथा मास्टरिङको काम गरिएको उनले बताएका छन्। भने गीतको भोकल रेकर्डिङ भने नेपालकै स्टुडियोमा गरिएको जानकारी पनि उनले दिएका छन्।
गीतको भिडियोमा पल शाह र नारायणी खत्रीको जोडीलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। उनीहरूको समन्वय, स्टाइल र ऊर्जावान नृत्यले भिडियोलाई अझ आकर्षक बनाएको देखिन्छ। पछिल्ला दिनमा दर्शकले निकै मन पराइरहेको यो जोडीले ‘राम कसम’मा पनि दमदार प्रस्तुति दिएका छन्।
भिडियोमा देखिएको नृत्य निर्देशन (कोरियोग्राफी) मौसम हिमालीले गरेका हुन्। भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्। आकर्षक दृश्य, लयात्मक संगीत र सशक्त नृत्य संयोजनका कारण भिडियोलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।
गीत ‘राम कसम’ गायक नरेश खड्काको अफिसियल युट्युब च्यानलमार्फत २९ गते सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ। पल शाह र नारायणी खत्रीको दमदार डान्स र जोडीको केमेस्ट्रीले गीतलाई थप चर्चित बनाउने विश्वास गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
