• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौघेरा मठबाट हुने देवीपाटन महायात्राको तयारी पूरा




घोराही । गोरक्ष पात्र देवता, सिद्ध रत्ननाथ मठ चौघेराको आयोजनामा आइतवारदेखि सुरु हुने देवीपाटन महायात्रा २०८२ को तयारी पूरा भएको छ।

मठ व्यवस्थापन समितिका सदस्य तोयानाथ योगीले विहान साढे चार बजे यात्रा सुरु हुने जानकारी दिनुभयो । विदेशबाट आएका समेत तीन सय बढी साधुसन्तको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । विभिन्न झाँकी, कलश र रथयात्रासहित यात्रा सुरु हुने जानकारी दिँदै उहाँले लमहीमा पाँच दिन बस्ने र कोइलाबास जाने बताउनुभयो ।

कोइलाबासमा एक दिन बसेर भारतको जनकपुरमा दुई दिन बसेर चैत ९ गते भारतको पाटनदेवी जाने र त्यहाँ पाँच दिन बसेर चैत १५ गते फर्कने कार्यक्रम रहेको योगीले जानकारी दिनुभयो । पहिले मठले नै आर्थिक व्यवस्थापन गर्ने गरेको भए पनि दुई वर्षदेखि देवीपाटन यात्राको खर्च व्यवस्थापन लुम्बिनी प्रदेश सरकारले गर्दै आएको छ ।

Facebook Comments