रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोटमा काठले च्यापिएर एक वृद्धको मृत्यु भएको छ ।
वडा नम्बर ११ को स्याबाङमा स्थानीय ७५ वर्षीय सरुन ओलीको घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर मृत्यु भएको हो ।
काठको गेली पल्टाउने क्रममा काठको गेलीले च्यापिएर बुवाको मृत्यु भएको जानकारी उहाँका छोरा ओपीराम ओलीले प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
त्यसपछि प्रहरी चौकी झुलखेतबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्दको कमान्डमा ३ जनाको प्रहरी टोली खटी गएको उहाँले जानकारी गराउनुभयो । अहिले घटना स्थलमा प्रहरी निरीक्षक पुन पनि पुग्नुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
