• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यालयमा एकलाख बढीको अक्षयकोष स्थापना




शिवु खनाल
देउखुरी। राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाट निवासी डम्बर बहादुर जिसिको परिवार स्व : आमा र बुवाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गर्नुभएको छ।

परिवारका सदस्यहरूले समाजसेवामा आमा र बुवाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतक आमा र बुवाको सम्झनामा लमही नगरपालिका वडा नम्बर ३ श्री बाल जनता माध्यमिक विद्यालय वनगाउँमा प्रेम–खिमा अक्षय कोषको स्थापना गर्नु भएको हो ।

विद्यालयमा स्वर्गीय आमा खिमा जिसी र बुवा प्रेम बहादुर जिसीको नाममा स्थापना गरिएको अक्षय कोषमा सुरुवाती रूपमा १ लाख ५० हजार रुपियाँ जम्मा गरिएको छ । परिवारका अनुसार मृतक आमा र बुवाको नाममा संकलित रकममा थप गरी अक्षय कोषको स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरेको हो ।

कोषबाट असहाय, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने र ८, १० र १२ कक्षाका प्रथम हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने विद्यालयका प्रअ रुमाल प्रसाद बसेलले बताउनुभयो । मृतक प्रेम बहादुर जिसीका छोरा डम्बर बहादुर जिसिले बुवा र आमाको नाममा शिक्षा क्षेत्रमा योगदान दिन पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–। ‘बुवाआमाले जीवनभर समाजसेवामा देखाउनु भएको समर्पणलाई निरन्तरता दिन यो कोष स्थापना गरेका हौं । यसबाट विद्यार्थीहरुले दीर्घकालीन लाभ लिने छन् ।’ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम प्रसाद चौधरीले यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठुलो योगदान पुग्ने धारणा राख्नुभयो । अध्यक्ष चौधरीले भन्नुभयो,–। ‘विद्यालयका पूर्व शिक्षक डम्बर बहादुर जिसिबाट सहयोग गरेको अक्षयकोष स्थापना हुनुले विद्यार्थीलाई प्रेरणा र सहयोग दुवै प्रदान गरेको छ ।’ स्थानीय अभिभावकका अनुसार मृतक बुवाआमाले समुदायमा सहयोगी, सामाजिक तथा परोपकारी योगदान पु¥याउँदै आउनु भएको थियो।

उहाँकै सम्झनालाई संस्थागत बनाउन परिवारले उठाएको कदम प्रति स्थानीयबासीले प्रशंसा व्यक्त गरेका छन् । विद्यालयले आगामी वर्षदेखि कोष व्यवस्थापनका लागि विशेष कार्यविधि लागु गर्दै पारदर्शी प्रणालीबाट सहयोग वितरण गरिने जनाएको छ ।

स्वइच्छा अवकाश शिक्षक जिसीलाई सम्मानसहित विदाइ
बाल जनता माध्यमिक विद्यालय वनगाउँले स्वइच्छा अवकास शिक्षक डम्बर बहादुर जिसीलाई सम्मानका साथ विदाई गरेको छ । बाल जनता माध्यमिक विद्यालय वनगाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम प्रसाद चौधरीको अध्यक्षता एव्म लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरीको प्रमुख अतिथि तथा विद्यालयका प्रअ रुमाल प्रसाद बसेलको विशिष्ट अतिथिमा विद्यालयले मंगलवार बिशेष कार्यक्रमको आयोजना गरेर शिक्षक जिसीलाई सम्मान तथा विदाई कार्यक्रम गरेको हो । जिसीले बाल जनता माध्यमिक विद्यालय वनगाउँमा द्धितिय श्रेणीमा रही ३१ वर्ष शिक्षण पेशामा काम गरि स्वइच्छा अवकाश हुनु भएको छ ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरीले लामो समय शैक्षिक क्षेत्रमा विताउनुभएका शिक्षक जिसीलाई कृयाशिल भईरहन तथा समाज सुधारमा कार्यमा लाग्न आग्रह समेत गर्नुभयो । समाजिक परिर्वतनका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले स्वइच्छा अवकास प्राप्त शिक्षक जिसीलाई आफुले सिकेका र जानेका शिप ज्ञानलाई सकारात्मक तथा समाज सुधारका क्षेत्रमा खर्च गर्न आग्रह गर्नुभयो ।

स्वइच्छा अवकास रोज्ने शिक्षक जिसीलाई प्रमुख अतिथिलगायत अतिथिहरुले दोसलला, प्रमाणपत्र सहित विद्यालयले सम्मान गरेको हो ।

Facebook Comments