घोराही । घोराही उपमहानगरपालिका -१४ झिंगौरास्थित अम्बिकेश्वरी क्याम्पसमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस अन्तर्गत व्यक्तिको विकास र सिकाइलाई सहजीकरण गर्न खोलिएको सोसल वेल फेयर क्लबको आयोजना तथा क्याम्पसको व्यवस्थापन एवं रेडक्रस सोसाइटी घोराही शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष केडिया पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा क्याम्पसका २७ जना विद्यार्थीले रक्तदान गरेका छन् । रक्तदान गरौं, जीवन बचाऔं भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा २७ जना विद्यार्थीको रक्तदान गरेको क्याम्पसले जानकारी दिएको हो ।
जिल्लामा हुने रगत अभावलाई मध्यनजर गर्दै क्लबले सामाजिक काम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ । क्याम्पसमा क्लब गठन भएसँगै क्लबले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । मानवीय अभियानमा उत्साहजनक सहभागिता भएर रक्तदान गर्ने सम्पूर्ण दाता, सहयोग गर्ने स्वयंसेवक, विद्यार्थी, शिक्षक लगायतलाई क्लबले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा व्यवस्थापन तथा सुरक्षा क्याम्पस प्रमुख चन्द्रप्रकाश खनाल, रेडक्रस घोराही शाखा प्रमुख दिलिप न्यौपाने, क्याम्पसका प्रध्यापक तथा विद्यार्थीहरुको उल्लेख्य सहभागी रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव अभिषेक पाण्डेले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
