• १३ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घरदैलो अभियानमा माओवादीका उम्मेदवार पुग्दा मतदातामा  थपिँदै उत्साह




घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ निर्वाचन क्षेत्र नं. २ का समानुपातिक उम्मेदवारी अशोका कुमारी भण्डारीले घरदैलो अभियानलाई तीब्र बनाउनु भएको छ । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको  चुनाव प्रचारप्रसार अभियान अन्तर्गत मतदाताहरुसँगको भेटघाटलाई तीब्रता दिँदै आइरहनुभएको छ ।  अभियानकै क्रममा उहाँले बुधबार  घोराही उपमहानगरपालिका -१८ ढोडेनी आसपासका मतदाताहरुसँग भेट गर्नुभएको हो ।

अभियानको क्रममा ढोडेनीका मतदाताहरुसँग भेट गर्दै उम्मेदवार भण्डारीले जनताका आधारभूत अधिकार  र न्यायको पक्षमा सधै आवाज उठाउने प्रतिवद्धता जनाउनुभएको छ ।  पार्टीले विगतदेखि नै भ्रष्टाचार विरुद्ध, राष्ट्रिय स्वाधीनता र जनजीवनको पक्ष आवाज उठाउँदै  आएको हुँदा अब सदनबाटै जनताको पक्षमा काम गर्न र आवाज उठाउनका लागि  यसपटक माओवादीका उम्मेदवारहरुलाई मतदान गरी विजय बनाउन समेत उहाँले मतदाता समक्ष अग्राह गर्नुभएको छ ।

भेटघाटकै क्रममा मतदाताहरुले माओवादीकै कारणले देशमा जातीय  छुवाछूत र भेदभावको अन्त्य भएको भन्दै निर्वाचनमा माओवादीका उम्मेदवारलाई  नै मतदान गर्ने बताएका थिए ।

पार्टी पहिलोपटक निर्वाचनमा होमिएसँगै माओवादीका उम्मेदवारहरु घरदैलो अभियानमा जनता समक्ष पुग्दा मतदाताहरुमा  उत्साह  थपिँदै गएको छ । सधै निर्वाचन बहिष्कार गर्ने पार्टी अहिले निर्वाचनमा भाग लिएर उम्मेदवारहरुले घरदैलो अभियान सञ्चालन गरेसँगै मतदाताहरु उत्साहित देखिने गरेका छन् ।

क्षेत्र नं.२ का मूल निर्वाचन समितिका संयोजक पार्टी सीको नेतृत्वमा फागुन ४ गतेदेखि सञ्चालन भइरहेको चुनाव प्रचारप्रसार अभियान फागुन १८ गतेसम्म सञ्चालन हुने भएको छ ।  भोलि घोराही -४ का मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

Facebook Comments