घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ निर्वाचन क्षेत्र नं. २ का समानुपातिक उम्मेदवारी अशोका कुमारी भण्डारीले
चुनाव प्रचारप्रसार अभियान अन्तर्गत मतदाताहरुसँगको भेटघाटलाई तीब्रता दिनुभएको छ । अभियानकै क्रममा उहाँले आज शुक्रबार बिजौरी बजार आसपासका मतदाताहरुसँग भेट गर्नुभएको हो ।
अभियानको क्रममा बिजौरीका मतदाताहरुसँग भेट गर्दै उम्मेदवार भण्डारीले जनताका अधिकार र न्यायको पक्षमा सधै आवाज उठाउने प्रतिवद्धता जनाउनुभएको छ । पार्टीले विगतदेखि नै भ्रष्टाचार विरुद्ध, राष्ट्रिय स्वाधीनता र जनजीविकाको पक्ष आवाज उठाउँदै आएको हुँदा अब सदनबाटै जनताको पक्षमा काम गर्न र आवाज उठाउनका लागि यसपटक माओवादीका उम्मेदवारहरुलाई मतदान गरी विजय बनाउन समेत उहाँले मतदाता समक्ष अग्राह गर्नुभएको छ । साथै, उहाँले निर्वाचनलाई एउटा संघर्षको मोर्चाको रुपमा लिएको बताउनुभएको थियो ।
क्षेत्र नं.२ का मूल निर्वाचन समितिका संयोजक पार्टी सीको नेतृत्वमा फागुन ४ गतेदेखि सञ्चालन भइरहेको चुनाव प्रचारप्रसार अभियान फागुन १८ गतेसम्म सञ्चालन हुने भएको छ ।
पार्टी पहिलोपटक निर्वाचनमा होमिएसँगै मतदाताहरुमा उत्साह थपिएको छ । सधै निर्वाचन बहिष्कार गर्ने पार्टीले अहिले निर्वाचनमा भाग लिएर उम्मेदवारहरुले घरदैलो अभियान सञ्चालन गरेसँगै मतदाताहरु उत्साहित देखिने गरेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
