• ७ फाल्गुन २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी दाङ -२ को चुनाव प्रचारप्रसार तीब्र




घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दाङ निर्वाचन क्षेत्र नं. २ मा चुनाव प्रचारप्रसार तीब्र बनाएको छ । पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुनानी प्रचारप्रसार तीब्र बनाएको  हो । क्षेत्र नं. २ का मूल निर्वाचन परिचालन समितिका संयोजक पाटन सीले चुनाव केन्द्रित प्रचारप्रसार अभियानलाई तीब्र बनाएको जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगको  नियमअनुसार समितिले फागुन ४ गतेदेखि सुरु गरेको प्रचारप्रसार अभियान फागुन  १८ गतेसम्म सञ्चालन हुने बताउनुभयो । सोही अभियान अनुसार आज बिहीबार समितिले घोराही -१६ का विभिन्न गाउँ तथा टोलहरुमा मतदाताहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको समेत उहाँले बताउनुभएको थियो ।

प्रचारप्रसार अभियानको क्रममा दाङ क्षेत्र नं. २ का समानुपातिक उम्मेदवार अशोका कुमारी भण्डारीले मतदाताहरुसँग भेटघाटलाई तीब्र बनाउनुभएको छ । उहाँले आज घोराही -१६ का मतदाताहरुसँग भेटघाट गर्दै  समानुपातिकतर्फको मतपत्रमा रहेको गुलाफ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपील गर्नुभएको थियो ।

भेटघाटको क्रममा  मतदाताहरुको गुनासो र जिज्ञासाको जवाफ दिँदै उहाँले निर्वाचनमा पार्टी र उम्मेदवारहरुले चुनाव जितेपनि नजितेपनि सदैव जनताकै लागि काम गर्ने र जनता सँगसँगै हुने प्रतिवद्द्ता जनाएको भएको थियो । पुराना दल भ्रष्ट र नयाँ भनिएका पार्टीका उम्मेदवारीहरु परीक्षण भैसकेको र फेरिपनि जनतालाई झुक्याउन खोजेको भन्दै अहिले पहिलोपटक निर्वाचनमा होमिएको  विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवारलाई भोट दिएर जिताउनुपर्ने उहाँको भनाइ थियो ।

Facebook Comments