• ७ फाल्गुन २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्ञान र संस्कृतिको उत्सवः ज्ञानसिन्धु माविको २३ औं वार्षिकोत्सव




घोराही, ६ फागुन । घोराहीस्थित ज्ञानसिन्धु माध्यमिक विद्यालयले आफ्नो २३ औंँ वार्षिकोत्सव विविध सांस्कृतिक र शैक्षिक कार्यक्रमका साथ मनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक टंकप्रसाद शर्माको अध्यक्षतामा आयोजित समारोहमा नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. टीकाराम उदासी प्रमुख अतिथि र नेपाल पत्रकार महासंघका केन्द्रीय सविन प्रियासन विशिष्ट अतिथि रहनुभएको छ ।

प्रमुख अतिथि डा. उदासीले बोल्दै शिक्षा केवल प्रमाणपत्रको माध्यम नभई संस्कार र संस्कृतिसँग जोडिएको जीवन पद्धति भएको बताउनुभयो। उहाँले भने, “ज्ञान र सीपलाई समयअनुसार प्रयोग गर्न सकिए मात्र विद्यालयले समाजमा परिवर्तन ल्याउन सक्छ।” स्थानीय परिवेश, भाषा र संस्कृतिलाई पाठ्यक्रमसँग जोड्नु पर्नेमा उहाँले जोड दिनुभयो।

विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीले विद्यालयले शैक्षिक गुणस्तर सुधार, अतिरिक्त क्रियाकलाप विस्तार र अनुशासन सुदृढीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उहाँले प्रविधिमैत्री शिक्षण, विद्यार्थीको समग्र व्यक्तित्व विकास र अभिभावक–विद्यालय सहकार्यलाई अझ सशक्त बनाउने योजना रहेको जानकारी दिनुभयो।

विशिष्ट अतिथि प्रियासनले शिक्षित र जिम्मेवार नागरिक निर्माणमा विद्यालयको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। “सही सूचना र सामाजिक जिम्मेवारीसँग जोडिएको शिक्षा दिने हो भने मात्रै देशले सक्षम जनशक्ति पाउँछ,” उहाँले भन्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्याब्सन घोराहीका सचिव बिमल भण्डारी, राष्ट्रिय लोहदोहरी प्रतिष्ठान दाङका अध्यक्ष बिमला खड्का, घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख अजय बोहरा र मावि काठेकोलका प्रधानाध्यापक खिम पुरीलगायत सम्बोधन गर्नुभएको थियो ।

दिनभर विद्यार्थीहरूले नृत्य, गीत, नाटक र मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। विद्यालयको शैक्षिक तथा सामाजिक उन्नयनमा योगदान पु¥याउने अभिभावकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षकद्वय देवराज भण्डारी र दिलमायाँ रावतले गर्नुभयो।

Facebook Comments