• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
`जनताको सुझावअनुसार पार्टी निर्वाचनमा आएको हो´: विप्लव  




तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द `विप्लव´ले  जनताको सुझावअनुसार पार्टी निर्वाचनमा आएको  बताउनुभएको छ । पार्टी दाङ निर्वाचन क्षेत्र नं. ३ को चुनाव परिचालन समितिले आज बुधबार तुलसीपुरस्थित बिएसएस पार्टी प्यालेसमा आयोजना गरेको  चुनावी सभा सम्बोधन गर्दै महासचिव विप्लवले जनताको सुझावअनुसार नै पार्टी पहिलोपटक निर्वाचन आएको बताउनुभएको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. ३ का मूल निर्वाचन परिचालन समितिका संयोजक प्रदीप वलीको अध्यक्षतामा भएको सभामा महासचिव विप्लवले आम जनताको सुझावमार्फत पार्टीले चुनावलाई एउटा संघर्षको मोर्चाको रुपामा लिएको बताउनुभयो । उहाँले चुनाव जिते पनि नजिते पनि पार्टी  देश र जनताको साथ नछाड्ने समेत बताउनुभयो ।

उहाँले पुराना दलका भ्रष्ट र रङरोगन लगाएर उदायका नयाँ भनिने उम्मेदवारहरु फेरि पनि चुनामा आएर  जनतालाई झुक्याउने प्रयास गरेको हुँदा जनताले  सोचबुझका साथ मत हाल्नुपर्ने बताउनुभएको थियोे ।  `यो निर्वाचनमा जनताको मतले भ्रष्ट र विदेशी एजेन्टहरुलाई जिताउनु हुँदैन्,´ उहाँले भन्नुभयो  `देशको रक्षा र स्वाधीनताका लागि जनताले यसपटक सोचेर भोट हाल्न जरुरी रहेको छ ।´ जनताको फैसलाअनुसार हामीले  देश र जनताका लागि  संसद र सडकबाट आवाज उठाइ पनि उहाँको भनाइ थियो ।

पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज तथा समानुपातिक तर्फका उम्मेदवार सन्तोष बुढाले यो निर्वाचन अस्वभाविक ढंगले आएको बताउनुभयो । उहाँले २०८४ मा हुने निर्वाचन अहिले जबर्जस्त रुपमा ल्याइएको हुँदा यो चुनाव परिणाम त्यति राम्रो नहुने समेत उहाँले बताउनुभयो । यो परिस्थितिमा माओवादी पार्टी निर्वाचन आउनुको कारण यही समयमै पार्टीका नीति र योजना जनताको बीचमा लैजाने उद्देश्यकासाथ चुनावलाई राजनीतिका अभियानको रुपमा लिएको उहाँको भनाइ छ । अहिले  देश संकटमा र जनता समस्यामा रहेको हुँदा त्यसको समाधानका लागि पार्टीले गुलाफ चिन्ह लिएर निर्वाचनमा होमिएको इञ्चार्ज बुढाले बताउनुभएको थियो ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा दाङ निर्वाचन क्षेत्र नं.  ३ का  प्रत्यक्ष उम्मेदवार  बलबहादुर वली `शीतल´ले दाङ क्षेत्र नं. ३ का सचेत आम जनसमुदायहरुले विवेकपूर्ण ढंगले आफूलाई मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले अतिबेला देश गम्भीर खतरामा परेको हुँदा देशको रक्षाका लागि यो पटकको निर्वाचनमा  माओवादीका उम्मेदवारीहरुलाई विजय गराउनुपर्ने समेत उहाँले बताउनुभयो । साथै, उहाँले दाङ र पश्चिम दाङका समग्र विकासका लागि निर्वाचन क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ आफू र समानुपातिकतर्फ कान्छी चौधरीलगायतलाई गुलाफ चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन सबैमा अनुरोध गर्नुभएको थियो ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सबिन पोख्रेलले फागुन २१ गते हुने निर्वाचनमा  पुराना पार्टी र नयाँ भनेर उदायका पार्टीहरुका उम्मेदवारहरु परीक्षण भइसकेको हुँदा  फेरि पनि जनतालाई झुक्याउन खोजेको भन्दै यसपटक सोच र विवेकपूर्ण तरिकाले नेकपा माओवादीका उम्मेदवारहरुलाई मत दिनुपर्ने बताउनुभयो । हाम्रो पार्टी भ्रष्टाचार विरुद्ध र स्वाधीनताका लागि लगातार संघर्ष गर्दै आइरहेको हुँदा यसपटक माओवादी पार्टीको गुलाफ चिन्हमा मतदान गरी दाङका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुलाई बिजय गरानुपर्छ, उहाँले भन्नुभयो  ।  उहाँले दाङबाट पार्टीले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ ६ जना उम्मेदवारहरु उठाएको हुँदा उहाँहरुलाई गुलाफमा मतदान गरी अत्याधिक मतले बिजय गराउन पनि दाङबासी आम जनसमुदायहरुलाई अनुरोध गर्नुभएको थियो ।

पार्टीका समानुपातिक तर्फका उम्मेदवार कान्छी चौधरीले पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हुँदा फागुन २१ गते हुने निर्वाचनमा माओवादी पार्टीका उम्मेदवारहरुलाई गुलाफ चिन्हमा  मत दिएर जिताउन आम जनसमुदायमा अपील गर्नुभएको थियो ।

पार्टीका केन्द्रीय सदस्य विकास वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक योगीले गर्नुभएको थियो ।

Facebook Comments