• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बढ्दै निर्वाचन चहलपहल मतदाताका गुनासा सुन्दै आफ्ना योजना सुनाउँदै उम्मेदवार




दाङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे घरदैलोमा पुगेर प्रत्यक्ष जनताका गुनासा सुन्नेदेखि आफ्ना योजना सुनाउनमा व्यस्त छन् । निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा तान्नका लागि विभिन्न स्थानमा पुगेर मतदाताका गुनासा सुन्नेदेखि विकास निर्माणका लागि योजना राख्न व्यवस्था छन् ।
उम्मेदवार घिमिरेले मंगलवार घोराही–१० नारायणपुर पुगेर घरदैलोसँगै मतदाताका गुनासा सुन्दै आफ्ना भावी विकास निर्माणका योजना बताएका थिए । संक्रिय राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने उद्देश्यसहित आफु राजनीतिमा लागेर फागुन २१ गतेको निर्वाचनमा उम्मेवार रहेको भन्दै मतदातालाई जिताउने गरि लाग्न आग्रह गरेका थिए । ‘व्यक्तिगत रुपमा किसानको सिचाईका लागि डिप बोरिङ, कुल निर्माण, विद्युत विस्तारलगायत शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेको छु’,मतदातालाई सम्वोधन गर्दै घिमिरेले भने,‘जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि थप भूमिका बढ्ने छ ।


विकास निर्माणका लागि काम गर्नलाई सहज हुनेछ ।’ उम्मेवार घिमिरेले मंगलावार घोराही–१० को जानकी टोल, लमडरुवा टोल, डाबर टोल, ठाटीगाउँ, माता दुर्गा टोल, रघौरा मित्रनगर टोल र सहयोगी टोलसँगै सिस्वानी टोल, पहेल्पार टोल, गौरी टोल र उत्तर अम्राइ टोल, घोराही–९ अन्तर्गत आन्द्रभरैया, एकलघरूवा र घोराही–८ अन्तर्गत ढिकपुरमा मतदातासँग भेटघाट गरेका हुन ।

भेटघाटमा नेपाली कांग्रेस दाङ पूर्व जिल्ला सभापति घन्यश्याम रेग्मी, कृतिबहादुर खडका, समानुपातिक उम्मेदवार देबिका नेपाली , महासमिति सदस्य भुपबहादुर डागी, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का, नेपाली कांग्रेस दाङका प्रवक्ता गौरब आचार्य, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ख का सभापति अभियान बस्नेत,नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतलगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

Facebook Comments