• २ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा




रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन नेकपा (माओवादी) को ऐतिहासिक बैठकस्थल चुनबाङको भेरीडाँडा पुग्नुभएको छ।

प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले मतदाता भेटघाटका क्रममा आज बिहान माओवादी केन्द्रीय समितिको बैठकस्थलको भ्रमण गर्नुभएको हो।

२०६२ साल असोजमा माओवादी केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै संसदवादी राजनीतिक दलहरूसँग सहकार्यको बाटो खोलेको थियो। सोही बैठकले ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यीयमा सीमित गर्ने निर्णयसमेत गरेको थियो। उक्त बैठकलाई ऐतिहासिक रूपमा लिने गरिन्छ।

संयोजक प्रचण्डले चुनबाङ बैठकस्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गर्नुभयो। पत्नी र छोरासम्बन्धी जिज्ञासामा भावुक हुनुभएका प्रचण्डले नेपाली क्रान्तिमा उहाँहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिनुभयो।

मतदाता भेटघाट तथा बैठकस्थलको भ्रमणका क्रममा प्रचण्डले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको बताउनुभयो। उहाँले रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला भएको उल्लेख गर्नुभयो।
प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्नुहुनेछ। त्यसैगरी, आजै पुथा उत्तर गाउँपालिकाको तकसेरामा पुगेर मतदातासँग भेट गर्ने कार्यक्रम रहेको छ।

मतदाता भेटघाटका लागि प्रचण्ड तीन दिनदेखि रुकुम पूर्वमा रहनुभएको छ। रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो।

Facebook Comments