• १ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वीपीको अदालतको बयान अब भिडियोमा




दाङ ।जननायक वीपी कोइरालाले अदालतमा दिनुभएको बयान अब युट्युवमा सुन्न सकिने भएको छ ।

दाङबाट प्रकाशित हुँदै आएको गोरक्ष राष्ट्रिय दैनिकका लागि विपुल पोख्रेल र सुलोचना गौतमले निर्माण गरेको सो भिडियो सामग्रीमा भारत निर्वासन त्यागेर मेलमिलापको नीतिका साथ नेपाल आएका वीपी कोइरालालाई तत्कालिन पञ्चायति सरकारले गिरफ्तार गरी मृत्युदण्डको सजायसम्म हुनसक्ने गरी मुद्दा चलाएको थियो ।

ती मुद्दाका सन्दर्भमा वीपीले अदालतमा दिएको बयान कानुनी र राजनीतिक रुपमा अत्यन्त चर्चित साहित्य मानिन्छ ।
अमृतमान वलीले निर्देशन र दृष्यसम्पादन गरेको सो भिडियो सामग्रीमा वीपी कोइरालाको भूमिकामा डा.सुदिप गौतम देखिएका छन् । गौतमले वीपी को जस्तै आवाज निकाल्ने प्रयत्न गरेका छन् ।

त्यसैगरी सो मुद्दा हेर्ने न्यायाधिसको भूमिकामा विपुल पोख्रेल र अदालतमा प्रश्न सोध्ने कर्मचारीको भूमिकामा सुदन थापा देखिन्छन् । त्यसैगरी डा.नवराज लम्सालको पाश्र्व स्वर र सुनिल विसिको पाश्र्व ध्वनीको संयोजन सहित सो भिडियो सामग्री तयार भएको छ ।

वीपी कोइरालाको अदालतका बयानको भिडियो सामग्री बाएर नयाँ पुस्तालाई आफ्नै डिभाइसमा वीपीलाई सुन्ने र बुझ्ने अबसर प्राप्त होस् भन्ने चाहनाले यो सामग्री तयार गरी युटुवमा राखेको गोरक्ष दैनिकका प्रकाशक सुलोचना गौतमले बताइन् । सो भिडियो हेर्न यो लिंकमा जानु पर्ने जानकारी पनि उनले दिइन् ।

Facebook Comments