• २९ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुरानो बसपार्क–मिलनचोकमा घिमिरे : “स्थानीय पीडा र राष्ट्रिय दिशा सँगै लैजानुपर्छ”




दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण किशोर घिमिरेले आज घोराहीको पुरानो बसपार्क–मिलनचोक क्षेत्रमा घरदैलो गर्दै स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन्।

चुनावी माहोल चर्किँदै जाँदा उनले स्थानीय गुनासो र देशको समग्र अवस्थाबारे मतदातासँग खुला छलफल गरेका हुन्।
घरदैलोका क्रममा स्थानीय व्यवसायीले बजार सुस्ताएको, युवाहरू विदेश पलायन बढेको र साना व्यापारी मारमा परेको गुनासो गरेका थिए। ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा र सामाजिक सुरक्षा प्रभावकारी हुन नसकेको बताएका थिए भने युवापुस्ताले रोजगारी र अवसर अभावप्रति चिन्ता व्यक्त गरे।

घिमिरेले स्थानीय समस्यालाई राष्ट्रिय नीतिसँग जोडेर समाधान खोज्नुपर्ने बताए। “स्थानीय बजार किन सुस्तायो भन्ने प्रश्न देशको अर्थतन्त्रसँग जोडिएको छ। युवाहरू किन बाहिरिन बाध्य छन् भन्ने कुरा राष्ट्रिय रोजगारी नीतिसँग सम्बन्धित छ,” उनले भने, “स्थानीय आवाजलाई संसदसम्म पुर्‍याएर नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने मेरो प्रतिबद्धता छ।”


उनले राजनीतिक स्थायित्व, सुशासन र उत्तरदायी नेतृत्व बिना विकास सम्भव नहुने उल्लेख गर्दै मतदातालाई सचेत निर्णय लिन आग्रह गरे।
पुरानो बसपार्क क्षेत्रको घरदैलो कार्यक्रमले चुनावी अभियानलाई मात्र होइन, स्थानीय सरोकार र राष्ट्रिय चिन्तालाई एउटै बहसमा ल्याएको देखिएको छ। क्षेत्र नम्बर–२ मा चुनावी प्रतिस्पर्धा बढ्दै जाँदा उम्मेदवारहरूका एजेण्डा र दृष्टिकोणबारे मतदाताको चासो समेत गहिरिँदै गएको छ।

Facebook Comments