दाङ । गायक तथा सर्जक नरेश खाती नयाँ गीत ‘तिमीले देख्ने संसार’ आइतबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। प्रेम, भावना र सम्बन्धको गहिरो कथामा आधारित यो गीतको म्युजिक भिडियो युट्युबमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।
गीतमा मेक्सम खाती क्षेत्री र मनिषा सुनारको मधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत स्वयं नरेश खती क्षेत्रीकै सिर्जना हुन्। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी अनुभवी संगीतकर्मी बृजेश श्रेष्ठले सम्हालेका छन्, जसले गीतलाई थप आकर्षक र परिष्कृत बनाएको छ।
सार्वजनिक गरिएको म्युजिक भिडियोमा प्रेमिल जोडीबीचको भावनात्मक सम्बन्ध, विश्वास र समर्पणलाई सुन्दर दृश्य तथा सशक्त कथावस्तुमार्फत प्रस्तुत गरिएको छ। भिडियोमा मेक्सम खाती र डिकु क्षेत्रीको अभिनय रहेको छ भने छायांकन अष्ट्रेलियामा गरिएको हो। विदेशको सुन्दर परिवेशमा खिचिएको भिडियोले गीतको भावनालाई अझ जीवन्त बनाएको दर्शकको प्रतिक्रिया छ।
विशेष कुरा के छ भने, भिडियोमा अभिनय गरेका मेक्सम खाती क्षेत्रीले आफ्नो भर्खरै जन्मिएको छोरालाई समेत यो भिडियो देखाएको उल्लेख गरेका छन्, जसले गीत र भिडियोप्रतिको भावनात्मक सम्बन्धलाई अझ गहिरो बनाएको छ।
गीत ‘Meksam Naresh Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने सामाजिक सञ्जालमा पनि यसको चर्चा बढ्दै गएको छ। प्रेमभावमा आधारित सन्देश र मन छुने संगीतका कारण गीतले श्रोतालाई जोड्ने विश्वास गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
