• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ-१ मा निर्वाचन आचासंहिता सम्बन्धी प्रतिबद्धता तथा छलफल सम्पन्न




श्रवण कुमार यादव
लमही। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालय लमहीमा निर्वाचन आचासंहिता सम्बन्धी प्रतिबद्धता तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य आचारसंहितालाई कसरी प्रभवकारी रूपमा पालना गर्ने विषय रहेको थियो। उक्त कार्यक्रममा निर्वाचन आचारसंहिताको बारेमा जानकारी, आचारसंहिता सम्बन्धमा छलफल र अन्तरक्रिया, उम्मेदवार र प्रतिनिधिले प्रतिबद्धता तथा सुझाव, पत्रकारकोकाे तर्फबाट प्रतिबद्धता लगायत विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

उपस्थित सबै दलका प्रतिनिधि या उम्मेद्वारले विचार सहितको भनाई र प्रतिबद्धता राख्नुभएको थियो। कार्यक्रममा सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरूको सहभागिता रहेको थियो ।

Facebook Comments