• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा सफल खुला दिसामुक्त अभियानको संगालो लोकार्पण




घोराही। दाङमा सञ्चालन भएको खुला दिसामुक्त अभियानका क्रममा लेखिएका लेखहरूको संगालो आज एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। खोनपानी तथा सरसफाइ कार्यालय दाङले प्रकाशन गरेको यस संगालो अभियानको इतिहास र अनुभवलाई समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको हो।

कार्यक्रम कार्यालय प्रमुख तिलक न्यौपानेको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले संगालो विमोचन गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, राप्ती साहित्य परिषदका सल्लाहकार पुरुषोत्तम खनाल, परिषद्का अध्यक्ष कमलमणि देवकोटा, घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष भरतमणि पाण्डे, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, सिस्नुपानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली लगायतले मन्तव्य व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दुर्गालाल केसीले लेख संकलनको समीक्षा गर्नुभएको थियो। कार्यक्रम सञ्चालन गजेन्द्र बहकरीले गर्नुभयो। सो अवसरमा खुला दिसामुक्त अभियानमा योगदान पुर्याउने व्यक्तिहरूलाई नेपाल सरकारले प्रदान गरेको सम्मानपत्र वितरण पनि गरिएको थियो।

कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो कि दाङलाई २०७१ जेठ २३ गते देशकै चौधौं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। “एक घर, एक चर्पी – दाङबासीको शान, सरसफाइयुक्त जिल्ला हाम्रो पहिचान” भन्ने नाराका साथ विसं २०६६ देखि अभियान सञ्चालन हुँदै आएको थियो। यस अभियानमा “कमाण्डो फोर्स” र “दानबीर कार्यक्रम” जस्ता नेपालमै नमूना कार्यक्रमहरू पनि समावेश थिए।

न्यौपानेका अनुसार, दाङमा सफलतापूर्वक सञ्चालन भएको यो ऐतिहासिक साझा अभियानको इतिहासलाई लिपिबद्ध गर्दै समाजमा स्वच्छता, स्वास्थ्य र सम्मानजनक जीवन प्रवर्द्धन गर्ने दिगो प्रेरणाको स्रोतका रूपमा संगालो प्रकाशन गरिएको हो।

Facebook Comments