• २६ माघ २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा दाङ क्षेत्र नम्बर २ को महिला निर्वाचन परिचालन समिति गठन




घोराही । नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध महिला संगठन दाङ निर्वाचन क्षेत्र नम्बर २ को भेलाले महिला निर्वाचन परिचालन समिति गठन गरेको छ। भेलाले दिलकुमारी बुढाको संयोजकत्वमा हरिकला बाँठा सहसंयोजक रहने गरी तीन सय पाँच सदस्यीय महिला निर्वाचन परिचालन समिति गठन गरेको हो।

कार्यक्रमको अध्यक्षता दिलकुमारी बुढाले गर्नुभएको थियो भने अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष दामाकुमारी शर्मा प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिमा पार्टी केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार निर्मल आचार्य रहनुभएको थियो। समानुपातिक उम्मेदवारहरू भीमकुमारी बुढा र ससमती चौधरी पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

भेलामा पार्टी केन्द्रीय सदस्य रामप्रसाद चौधरी, हरिमान पुन ‘बरुण’, अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्ष पुनम शेर्पाली तथा केन्द्रीय सदस्य प्रमिता चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य दिलकुमारी घर्तीले राख्नुभएको थियो भने सञ्चालन हरिकला बाँठाले गर्नुभएको थियो।

वक्ताहरूले आगामी निर्वाचनमा विजय हासिल गर्न पार्टीका सबै निकायलाई एकताबद्ध र प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले निर्वाचन क्षेत्रका सबै सत्ताइस वडामा महिला संगठनको भूमिकालाई सशक्त बनाउँदै अभियानलाई तीव्र बनाइनुपर्ने बताउनुभयो। साथै, यो निर्वाचन सुशासन, सामाजिक न्याय र समृद्ध दाङ निर्माणको ऐतिहासिक अवसर भएकाले विजय हासिल गर्नु अनिवार्य दायित्व भएको वक्ताहरूको भनाइ थियो।

Facebook Comments