• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न




घोराही ।  नारायणपुर क्षेत्रस्तरीय निजी तथा संस्थागत विद्यालय संगठनले बिहीबार  अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता पशुपति विद्याश्रम र उपविजेताको उपाधि मोडेल इङ्लिस बोर्डिङ स्कूलले हासिल गरेका छन् । एक दर्जन निजी तथा संस्थागत विद्यालय सहभागी रहेको अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा ग्रेट बुद्ध एकेडेमी तृतीय र युनिक मिड वेस्ट एकेडेमीले सान्तवना स्थान हासिल गरेका थिए । विजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष सूर्य रावतले ट्रफी, प्रमाणपत्र र पुस्तकले पुरस्कृत गर्नुभएको थियो ।

यसअघि सम्पन्न उद्दघाटन सत्रका प्रमुख अथिति प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीले नारायणपुर क्षेत्रका निजी विद्यालयको एकता र व्यवस्थापन अत्यन्त लोभलाग्दो रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष दीपक पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकासका टेवा पुर्याउने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन सन्दिप शाहले गर्नुभएको थियो ।

Facebook Comments