घोराही । दाङको घोराहीमा प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस दीप प्रज्वलन गरी मनाइएको छ। प्रेस सेन्टर नेपाल दाङ र घोराही शाखाको संयुक्त आयोजनामा बिहिवार साँझ दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको हो।
कार्यक्रम प्रेस सेन्टर नेपाल दाङ शाखाका अध्यक्ष जनक नेपालीको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका सदस्य प्रकाश चौधरी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष भूपेन्द्र ओली, दाङ शाखाका संस्थापक अध्यक्ष पुरण शर्मा, अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष गिरबहादुर महरा, दाङका अध्यक्ष गोविन्द मल्ल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले महान शहीद कृष्णसेन ‘इच्छुक’ को स्मरण गर्दै प्रेस सेन्टर नेपालको स्थापना कालदेखि हालसम्मको भूमिका, पत्रकारितामा यसको योगदान र भविष्यको दिशाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो। उनीहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताका लागि प्रेस सेन्टरको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
घोराही शाखाका अध्यक्ष हेमराज परिवर्तनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल दाङका सहसचिव गिरिराज नेपालीले गर्नुभएको थियो।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
