• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा माओवादी उम्मेदवारले भने,‘हाम्रो मुख्य एजेन्डा जनताको आर्थिक जीवन बदल्ने हो’




घोराही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै दाङमा चुनावको माहोल तातिएको छ । पहिलोपटक संसदीय निर्वाचनमा भाग लिन गइरहेको दल नेकपा (माओवादी)ले आइतबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम मार्फत चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेको छ ।

माओवादीबाट दाङ-३ का प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)ले निर्वाचनमा मुख्य एजेन्डा जनताको आर्थिक जिवन बदल्ने रहेको बताए । उनले भने – ‘अहिलेसम्मका राजनीतिक व्यवस्थाले जनताको आर्थिक जिवन बदल्न सकेनन् । यो कुरा राज्यको आर्थिक प्रणालीसँग जोडिएको छ । हामिले जनताको जिवन बदल्न नयाँ आर्थिक प्रणालीको विकास गरेका छौँ , जसलाई पार्टीमा मात्रै होइन् राज्यमा रुपान्तरण गर्न चाहेका छौँ । एकीकृत स्वामित्वको आर्थिक प्रणालीले मात्रै जनताको जिवन बदल्न सकिन्छ। सरकार , नागरिक र निजि क्षेत्रको सामुहिक आर्थिक पर्यत्नवाट नागरिकलाई समुन्नत जिवन दिन सकिनेछ ।’

‘हामी मुख्य तिन विषयवस्तु लिएर निर्वाचनमा जाँदैछौँ,’ उनले भने, ‘ अहिलेको संविधानलाई संसोधन र पुनर्लेखन गर्नुपर्ने छ । राष्ट्र गम्भीर संकटमा छ त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने मुख्य एजेन्डा हो । दोस्रो जनताको आर्थिक जिवन बदल्ने कुरा लिएर जनताको बिचमा जाँदैछौँ । तेस्रो कुरा यो चुनावबाट नेपाली विशेषताको समाजवादको आधार तयार गर्दै जाने हो । राष्ट्रिय स्वाधीनता , नयाँ आर्थिक प्रणाली र समाजवादको मुख्य एजेन्डा लिएर जान्छौँ ।’

उम्मेदवार वलीले पश्चिम दाङलाई समृद्ध बनाउन दिगो विकासको संकल्पसहित भौतिक पुर्वाधार , सडक पुर्वाधार , खानेपानी , शिक्षा , स्वास्थ्य , रोजगारका एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा गएको स्पष्ट पारेका थिए ।

यस्तै पत्रकार भेटघाट कार्यक्रममा माओवादीबाट दाङ क्षेत्र नं.१ का प्रत्यक्ष उम्मेदवार प्रकाश शाहीले देउखुरीको क्षेत्रको समग्र विकासको लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेका थिए ।

उनले भने – ‘देउखुरी प्रदेशको राजधानी भएको ठाउँ हो तर विकासका दृस्टीले अहिलेपनि राजपुरका विकट क्षेत्र सडक पुर्वाधार , सञ्चारसँग नजोडिनु दुखद पक्ष हो ।
सन्तुलित विकासको योजना , प्रत्येक क्षेत्रलाई सडक संजालसँग जोड्ने , सुद्ध खानेपानी , नवयुवालाई स्वरोजगार बनाउने , लागुऔषध दुर्व्यसनि विरुद्धको योजना , वातावरणको दीर्घकालीन संरक्षणको योजना सहित चुनावमा होमिएको छु । जनताले मुद्दा र एजेन्डा अनुसार भोट दिनुपर्छ , हामी जित्छौँ भन्ने विश्वास पैदा भएको छ ।’

कार्यक्रम नेकपा (माओवादी) दाङका इन्चार्ज सविन सीले जिल्लाभरीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको परिचय पत्रकारहरुलाई गराएका थिए ।

दाङमा पार्टीले क्षेत्र नं.१ मा पार्टीका केन्द्रीय सदस्य प्रकाश शाही , क्षेत्र नं. ३ मा पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शितल)लाई प्रत्यक्ष उम्मेदवार बनाएको छ ।

दाङ-२ मा भने पार्टीले प्रत्यक्ष उम्मेदवारी दिएको छैन् ।

यो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार शंकर पोख्रेललाई समर्थन गर्ने र एमालेले कालिकोटमा माओवादीका उम्मेदवार खड्ग बहादुर बिश्वकर्मा (प्रकाण्ड)लाई सहयोग गर्ने सहमती भएको बुझिएको छ ।

नेकपा (माओवादी)ले दाङ-२ मा उम्मेदवारी दर्ता नगरेपनि कालिकोटमा भने एमालेले प्रत्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।
उम्मेदवारी फिर्ता लिने समयमा समेत सहमति बमोजिम एमालेले उम्मेदवारी फिर्ता लिएको छैन् ।

पार्टीको आयोजनामा भएको उम्मेदवारसँगको भेटघाट कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिव तिलक योगीले गरेका थिए ।

यस्ता छन्,  नेकपा (माओवादी) दाङका मुख्य चुनावी एजेन्डाहरु: 

१- स्थिरता, आत्मनिर्भरता, स्वाधीनता, सुशासन र समानताको लागि अग्राधिकार सहितको समाजवादी प्रणालीको पक्षमा संविधान संशोधन/पुनर्लेखन गर्ने।

२- स्वाधीनताको रक्षा

३- भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने ।
४-आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, रोजागारी सृष्टि गर्ने।

५-आम जनतालाई गुणस्तरीय शिक्षामा पहुचको ग्यारेन्टी गरि शिक्षालाई वैज्ञानिक, प्राविधिक, जीवनपयोगी र रोजगारमुलक बनाउने ।

६-आम नागरिकको स्वास्थ्यमा पहुँच, गुणस्तरीयता र सर्वसुलभताको शुनिश्चत गर्ने ।

७-दाङको भौतिक्रपूर्वाधार र विकासको नाममा भैइरहेका नक्कली प्रचारवाजी, मोलमोलाइ र मपाइको होडबाजी खारेज गर्ने। दाङ र देउखुरी उपत्यका, पहाडी भुभागका सबै क्षेत्र छिमेकी जिल्ला छिमेकी प्रदेश र देशकै दिगो विकास अवधारणा अनुसार विकास परियोजनाहरु संचालन गर्ने। दाङ जिल्ला भित्र निर्माणाधीन अवस्थामा रहेका सडक, खानेपानी, शिक्षालय, अस्पताल सिंचाइ, तटबन्ध लगाएतका विकासका कामहरु छिटोछरितो गर्न पहलकदमी लिने। दाङको महाभारत क्षेत्र र चुरेक्षत्र लाई स्रक्षित गर्दै दाङ उपत्यकालाई हरियाली बनाउने ।

८-कृषिको आधुनिकीकरण, सिंचाइ, खानेपानी, दिगो सडक पुर्वाधार निर्माण, टरिगाउ विमानस्थलको क्षमतावृद्धि, खोला नदि क्षेत्रमा तटबन्ध निर्माण र लुम्विनी प्रदेशको राजधानी क्षेत्रको व्यवस्थित विकास निर्माण गर्ने। नागरिकलाई छिटोछरितो सार्वजनिक सेवा प्रवाह र गुणस्तरीय सेवाको सुनिश्चित गर्ने।

९- भुमिहिन सुकुम्बासी र मोही किसानहरुलाई जमिनको स्वामित्व र अधिकार सुनिश्चित गर्ने ।

१०-नवयुवाहरुको क्षमता र उर्जालाइ राष्ट्र निर्माण गर्ने महाअभियानको अग्रस्थानमा राख्ने ।

Facebook Comments