• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वसन्त पञ्चमीको अवसरमा दाङ युवा क्लबद्वारा क्रिकेट सदस्यता दर्ता प्रक्रिया सुरु




दाङ । वसन्त पञ्चमी तथा सरस्वती पूजा को पावन अवसर पारेर दाङ युवा क्लबले क्रिकेट सदस्यता दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। आज आयोजित एक कार्यक्रमबीच क्लबले क्रिकेट टिम गठनसँगै सदस्यता अभियानको शुभारम्भ गरेको हो।

क्लबका अनुसार हालसम्म आवद्ध खेलाडीहरूलाई टिममा समावेश गरिएको छ। टिममा सुजित शर्मा, शुसान पौडेल, सोहन न्यौपाने, विधान आचार्य, अमिस सेन्चुरी, दिक्सन न्यौपाने, अर्पण सेन्चुरी, दिपेश डाँगी, खकेन्द्र रावल, प्रविन पौडेल, सुजित शाक्य, मोहन पौडेल, समिर रावत, अर्पित आचार्य, गोविन्द लम्साल, हिमलबाबु देवकोटा र अमृत श्रेष्ठ रहेका छन्।

क्लबका कोषाध्यक्ष सुजित शर्माका अनुसार क्रिकेटमा रुचि राख्ने तथा टिममा आवद्ध हुन चाहने खेलाडीहरूले सदस्यता लिन सक्ने व्यवस्था गरिएको छ। उनले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले सदस्यता दर्ता प्रक्रिया सुरु गरिएको जानकारी दिए।

दाङ युवा क्लबले आगामी दिनमा विभिन्न क्रिकेट गतिविधि तथा प्रतियोगितामा सहभागिता जनाउने तयारीसमेत गरिरहेको जनाएको छ।

Facebook Comments