घोराही । घोराही १० नारायणपुर दाङमा रहेको मोडेल इङ्लिस बोर्डिङ स्कूलले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा फिजिसियन डाक्टर ल्याएर अभिभावक तथा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाक्टर सरोज कुमार यादवसहितको टोलीले जम्मा २२० जनाको स्वास्थ्य परीक्षण गरेको हो ।
अभिभावकहरुलाई स्वास्थ्य सम्बन्धि सचेत गराउन र नियमित चेकजाँचको बानी विकास गर्न यस्ता शिविरले महत्वपूर्ण भूमिका खेल्ने डाक्टर यादवले बताउनुभयो ।
विद्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा बुधबार थारु समुदायमा समुदायसँग मोडेल कार्यक्रम गरेको थियो भने शुक्रबार वार्षिकोत्सव कार्यक्रम विद्यालय प्राङ्गणमा आयोजना गरिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
