दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर तीनमा उम्मेदवारी दिएका गोपाल ओली (प्रबिन)ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका आधिकारिक उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन गर्ने सहमति जनाएका छन्।
तुलसीपुरमा सम्पन्न छलफलमा नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोगबहादुर राणा तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

छलफलपछि पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित प्रबिनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
गोपाल ओली (प्रबिन) माओवादीका पूर्व लडाकु हुन्। उनले यसअघि पार्टीभित्र विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका थिए। तर पार्टी एकता, अनुशासन र जनताको हितलाई प्राथमिकतामा राख्दै अन्ततः आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको सहभागी नेताहरूले बताएका छन्।
पार्टी नेतृत्वले यस निर्णयले दाङ–३ मा वामपन्थी शक्ति एकताबद्ध भई निर्वाचनमा अझ सशक्त रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
