घोराही । नेपाली कम्युनिष्ट पार्टी दाङले निर्वाचन परिचालन समितिको संयोजक केन्द्रीय सदस्य रामबहादुर दहित ‘अञ्जान’ र सहसंयोजकको जिम्मेवारी अर्का केन्द्रीय सदस्य भुपबहादुर केसीलाई दिएको छ ।

दाङ जिल्ला कार्य सम्पादन कार्यदलको बैठकले सो जिम्मेवारी दिएको हो । उहाँहरुलाई तिनै वटै निर्वाचन क्षेत्रको समन्वय गर्ने गरी संयोजक र सहसंयोजकको जिम्मेवारी दिइएको कार्यदल सदस्य विश्वराज आचार्यले जानकारी दिनुभयो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
