• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मन्ठोरियामा दुईदिने माघ सांस्कृतिक महोत्सव तथा मेला सुरु




घोराही। घोराही उपमहानगरपालिका–१० उत्तर अम्राईस्थित मन्ठोरियामा आईतबार देखि दुईदिने माघ सांस्कृतिक महोत्सव तथा मेला सुरु भएको छ। हरेक वर्षझैँ यस वर्ष पनि श्री शक्ति देवी मन्ठोरिया मन्दिर व्यवस्थापन समितिको आयोजनामा सांस्कृतिक कार्यक्रमसहित महोत्सवको उद्घाटन गरिएको हो।

माघ सांस्कृतिक महोत्सवमा थारु समुदायका मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो। नाचमार्फत सहभागीहरूले मन्ठोरिया मन्दिरको उन्नयन तथा विकासको माग उठाएका छन्। साथै, देशमा भएका आन्दोलन र त्यसका कारण विकास अवरुद्ध हुँदा आम नागरिकले भोग्नुपरेको दुःख पीडालाई गीत तथा नृत्यमार्फत अभिव्यक्त गरिएको थियो।

कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो। उद्घाटन समारोहमा नारायणपुर उद्योग वाणिज्य संघका प्रतिनिधि रमेश खनाल, नारायणपुर खानेपानीका प्रतिनिधि रेशम बस्नेत, नेकपाका प्रतिनिधि मिलन डाँगी, नेपाली कांग्रेसका वडा सभापति देवबहादुर डाँगी, राष्ट्रिय जनमोर्चाका चन्दबहादुर रावत, रास्वपाका चुमान चौधरी, योजना आयोग लुम्बिनी प्रदेशका सदस्य भुवन चौधरी, नेपाल पत्रकार महासंघ दाङका सहसचिव प्रकाश चौधरी, थारु कल्याणकारी सभा दाङका अध्यक्ष अशोक चौधरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

मन्ठोरिया मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मंगल थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण बुद्धि चौधरीले गर्नुभएको थियो। आयोजकका अनुसार माघ महोत्सव तथा मेला भोलि ५ गतेसम्म सञ्चालन हुनेछ।

Facebook Comments