• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पशुपति शर्माको गीतमा छमछमी नाचे दङाली दर्शक




दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को दशौँ दिन चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै पूर्ण रूपमा सङ्गीतमय बनेको छ। लामो समयदेखि प्रतीक्षामा रहेका दङाली दर्शकहरू चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुतीमा छमछमी नाच्दै रमाएका थिए।

शर्माले ‘मलाई अमेरिका पनि यही’, ‘बोली राखे पो माया लाउने हो’, ‘क्यार्न माया मारिछौ सानूले’, ‘म कति राम्रो छु लाइटै बालेर’, ‘सारङ्गी र्याइ र्याई’ तथा ‘स्याङ्जा जाने बाटैमा तनहुँ’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा सबै उमेर समूहका दर्शक झुम्मिएका थिए।
त्यसैगरी गायक सन्दिप न्यौपानेले ‘लालुमै पिरतीले सताएर’, ‘रुम कि हासुम’, ‘कति राम्री सान नानी’, ‘सुर्ती मार्दै मार्दै गयो जोबन’ र ‘बुट्टे रुमाल’ प्रस्तुत गर्दै माहोललाई थप रौनकपूर्ण बनाएका थिए।

गायिका रीतु थापाले ‘मायालु कहाँ होला’, ‘भट्ट मकै भुटौँला’ र ‘रातो चोलीमा’ प्रस्तुत गरिन् भने गायिका श्यामकला भण्डारीले ‘लुकाई लुकाई राखेको माया देखियो’, ‘सुटुक्क लाउन माया’, ‘जाने हो सम्पत्ति कमाउन’ र ‘तिम्ले जसो गरे नि’ गीतमार्फत दर्शकको मन जितिन्।

नृत्यतर्फ सोनी डान्स ग्रुपको आकर्षक प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए।

कार्यक्रमको सञ्चालन माधव जोन खत्री र दीपक बर्माले गरेका थिए। माघ १० गतेसम्म सञ्चालन हुने माघे मेला–२०८२ ले घोराहीमा सांस्कृतिक उत्सवको रौनक थप्दै आएको छ।

Facebook Comments