दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सदस्य बनेर एक कार्यकाल पुरा गरेपछि राजनीतिक यात्रालाई बिराम लगाउँदै विपुल पत्रकारीता क्षेत्रको ‘विगुल फुक्ने निष्कर्षमा पुगे ।
उनि नेपाली पत्रकारीताको नेतृत्व गरेर देशभरका पत्रकारहरुको हकहितका लागि लड्ने अभिप्रायका साथ नेपाल पत्रकार महासंघको फेरो पकडे । त्यसोत, २०५९ मै नेपाल पत्रकार महासंको केन्द्रीय उपाध्यक्ष बनिसकेका दाङका विपुुल पोख्रेलका लागि पत्रकार महासंघको यात्रा प्रारम्भिक भने थिएन ।
लामो समय पत्रकारीता क्षेत्रमा रहेर विभिन्न सञ्चार माध्यमको नेतृत्व सम्हालेका उनि नेपाल पत्रकार महासंघको नेतृत्वमा पुग्न सक्ने ल्याकत राख्थे । तबत नेपाल पत्रकार महासंघको पुनः केन्द्रीय उपाध्यक्ष बन्दै महासंघको अध्यक्ष बनेर नेपाली पत्रकारीता क्षेत्रको बागडोर सम्हाल्ने हैसियतमा पुगे ।
नेपाल पत्रकार महासंघको आफ्नो कार्यकाल पुरा गरेर जिल्ला फिरेका विपुल पुनः राजनीतिमा कमब्याक भएका छन् । यहाँ सम्मकी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ मा बलिया दाबेदार मानिएका छन् । उनको कमब्याक राजनीति जनताका बिचमा पुगेर जनताबाटै अनुमोदन हुने दिशामा अग्रसर बनेको छ ।
भदौ २३ र २४ मा चलेको जेनजी आन्दोलनको म्यान्डेचडलाई क्यास गर्न सक्ने नेताका रुपमा विपुललाई हेरिएको छ । उनलाई युवा अवस्थाका नेता भएका कारण मात्रै यो नजरले हेरिएको हैन । जेनजी आन्दोलन पश्चात उत्पन्न प्रतिकुल समयमा पनि उनि कांग्रेसको प्रतिनिधित्व गर्दै जेनजी उमेर समूहसंगको निकटमा रहे । जेनजी समूहको अपेक्षा अनुकुल कांग्रेसका नीति र सिद्धान्त यो समूहका युवाहरुलाई सुनाए, दल प्रति नकारात्मक धारणा बनाएर बसेको जेनजी समूहलाई चिया भेटका बहानामा भेला पारे र उनिहरुलाई दलहरु प्रति नकारात्मक नबन अभिप्रेरित गरिरहे ।
फलतः अहिले उनि जेनजी युवाहरुको मतलाई कांग्रेसका लागि होल्ड राखेका नेताको सुचीमा जिल्लामा पर्छन् । ‘जेनजी आन्दोलन पश्चात जिल्लामा उत्पन्न विषम् परिस्थतीका बेला जेनी उमेर समूहले कांग्रेस सहित पुराना दलहरु प्रतिको धारणा निकै नकारात्मक बनाएर बसेको अवस्था थियो, विफिुल भन्छन् पार्टीको मेरुदण्डका रुपमा रहेको यो समूहले कांग्रेसलाई हेर्ने दृष्टिकोण बदलिएन भने सिंगो पार्टीलाई असर पार्ने कुरामा म विश्वस्त थिएँ, मेरा केहि समकालिन साथीहरुसंगको समन्वयमा म यि उमेर समूहका युवाहरुसंग निरन्तर साक्षात्कारमा रहेँ, र कांग्रेसले जेनजीको मनोभावलाई सम्मान गर्छ भन्ने सन्देश दिएँ, यसको नतिजा सकारात्मक देखियो पनि ।
यसअलावा नेपाल पत्रकार महासंघको नेतृत्व गरिसकेका विपुललाई समहासंघ जस्तो सामाजिक संस्थाको नेतृत्व गरिसकेका व्यक्ति भएका हिसावले पनि उनलाई कांग्रेसका लागि आवश्यक प्रतिनिधिका रुपमा हेरिएको छ । बौद्धिक अनि ठूलो सामाजिक संस्थाको नेतृत्व गरेर आएको युवा व्यक्ति नेपाली राजनीतिमा पुनरागमन हुनु अधिक स्वागतयोग्य कार्य हो, एक कांग्रेस नेता भन्छन् ‘यस्ता व्यक्तिहरु आममतदाताका साझा बन्छन् ।
प्रतिनिसभा निर्वाचनका लागि बलियो दाबेदार मानिएका विपुल उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको नेताहरुले बताएका छन् । विपुललाई केहि समय अघि कांग्रेस जिल्ला कार्यसमितिले समेत प्रतिनिधिसभा उम्मेदवारका रुपमा केन्द्रमा सिफारीस समेत गरेको थियो ।
वर्तमान रुपान्तरिक कांग्रेसको उम्मेदवार चयनको परिधि भित्र विपुल सहजै अटाउन सक्ने आँकलन गरिएको छ ।
विपुल पत्रकारीता क्षेत्रमा कृयाशिल रहँदा उनि तत्कालीन माओवादी द्धन्दकालमा प्रभावित पत्रकारहरुको उद्धारका निम्ती मिशनको नेतृत्व गरेर देशब्यापी अभियानमा समेत हिँडेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
